• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेस आसन्न नगर अधिबेशन : रामचन्द्र राईले गरे सभापतिको उम्मेद्वारी घोषणा

कांग्रेस आसन्न नगर अधिबेशन : रामचन्द्र राईले गरे सभापतिको उम्मेद्वारी घोषणा


समायोजन खबर
  • आइतबार, भाद्र १३ २०७८

  • सभापतिको उम्मेद्वारी घोषणा गर्दै कांग्रेसका युवा नेता रामचन्द्र राई।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेसका युवा नेता रामचन्द्र राईले कांग्रेसको आसन्न दोश्रो नगर अधिबेशनका लागि सभापतिको उम्मेद्वारी घोषणा गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अधिबेशनका लागि राईले सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन्।

    आईतबार हुर्लुङस्थित ग्रिन सिङ्गनल होटलमा पत्रकार सम्मेलन गरेर आगामी २७ भदौमा हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अधिबेशनका लागि कुनै पनि गुटको नभई समग्र कांग्रेसका लागि उम्मेद्वारी घोषणा गरेको राईले घोषणा गरे।

    म गाउँ कार्य समितिको सभापति पनि भइसकेको मान्छे हुँ, र जानुपर्ने खुड्किलो पनि यहि हो, राजनीतिक फड्को मार्ने पनि यहि हो खार्मीका निर्वाचित वडाध्यक्ष समेत रहेका राईले भने, “यहाँभन्दा माथि धेरै ताकेर जानु चाँहि राम्रो हैन, मेरो उपर्युक्त ठाउँ यहि हो। यो ठाउँको म नेतृत्व गर्न सक्छु, सक्षम छु। त्यसैले सभापतिका लागि मेरो उम्मेद्वारी हो। कुनै हालतमा उम्मेद्वारी फिर्ता हुदैन।”
    नेपाली कांग्रेसलाई बुढाको पार्टी भनेर पनि नाम दिईन्छ, यसलाई चिर्नका लागि मेरो उम्मेद्वारी हो, संगठन मजवुत बनाउन र कसरी संगठन गर्नुपर्छ भनेर प्रमाणित गर्न मेरो उम्मेद्वारी हो। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राईले दिक्तेलबजारका व्यक्तिको मात्रै सभापतिमा उम्मेद्वारीको चर्चा चलिरहेका बेला त्यसलाई इंगित गर्दै नेतृत्व भनेको जहाँको पनि हुनसक्छ है भन्ने शन्देसका लागि आफ्नो उम्मेद्वारी घोषणा भएको बताए।

    मेरो उम्मेद्वारीले कुनै पनि गुट,उपगुटसँग सम्बन्ध राख्दैन। हामी गुट, उपगुट कसैको पक्षमा वकालत गरेर पनि हिडेका छैनौ। भूगोल अनुसार सबैलाई समेटेर टिम बनेर अघि बढेका हौ। नगर अधिबेशनसम्म कुनै गुटमा पनि जादैनौ, अन्तिममा भोट दिने कुरा त्यो आफ्नो ठाउँमा छ। त्यतिबेला हामी निर्णय गर्नेछौ। राईले भने।
    २०६२ सालवाट पशुपति क्याम्पस काठमाण्डौदेखि नेविसंघको राजनीति गर्दै कांग्रेस राजनीतिमा होमिएका राई यो नगरपालिकामा नगर सभापतिको उम्मेद्वारी घोषणा गर्नेमा पहिलो उम्मेद्वार हो। उम्मेद्वारी घोषणा कार्यक्रममा क्षेत्र नं. १ का क्षेत्रिय सह–सचिव उद्धव राई, पूर्व नेविसंघ जिल्ला सदस्य राजन भट्टराई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सह सचिव एलवि मगर, विजयखर्कका कांग्रेस नेता पुरुषोतम खनाल लगायतको उपस्थिती थियो।
    यस नगरपालिकामा अन्य केही व्यक्तिहरु नगर सभापतिको उम्मेद्वारीमा आकाङक्षी भए पनि उनीहरुले सार्वजनिक रुपमा वोलेका छैनन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology