समायोजन खबर खोटाङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले जिल्लामा रहेका पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । पत्रकारहरु समाचार संकलनका क्रममा फ्रण्ट लाईनमा पुग्नुपर्ने र कोरोना संक्रमणको जोखिम हुनाले सुरक्षित हुनका लागि स्वास्थ्य सामग्री वितरण गरेको हो।
सोमबार पत्रकार महासंघको सम्पर्क कार्यालय भवनगैरा दिक्तेलमा कार्यक्रम गरि पत्रकारहरुलाई आवश्यक माक्स, अक्सिमिटर, फेसशिल्ड, स्यानिटाईजर वितरण गरिएको महासंघका सह–सचिव चिसाङ शेर्पाले जानकारी दिए।
महासंघका अध्यक्ष दिलिप खत्रीले पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन्। स्वर्गीय पर्शुराम राई प्रतिष्ठानले उपलब्ध गराएको स्वास्थ्य सामग्री क्रियाशिल पत्रकारहरुलाई आवश्यकताको आधारमा वितरण गरिएको महासंघका अध्यक्ष खत्रीले बताए।
आईतबार प्रतिष्ठानले महासंघलाई ३ हजार माक्स, ५० थान फेसशिल्ड, ३ वटा अक्सिमिटर र ११ वटा पकेट स्यानिटाइजर उपलब्ध गराएको थियो।
सम्बन्धित समाचार,स्वर्गीय पर्शुराम राई प्रतिष्ठानद्धारा छ स्थानमा स्वास्थ्य सामग्री वितरण
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology