• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्वर्गीय पर्शुराम राई प्रतिष्ठानद्धारा छ स्थानमा स्वास्थ्य सामग्री वितरण

स्वर्गीय पर्शुराम राई प्रतिष्ठानद्धारा छ स्थानमा स्वास्थ्य सामग्री वितरण


समायोजन खबर
  • सोमबार, साउन ४ २०७८

  • नगरप्रमुख इवन राई, उपप्रमुख बिमला राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै पर्शुराम राई प्रतिष्ठानका संयोजक जगदिश राजभण्डारी।

    समायोजन खबर खोटाङ,  स्वर्गीय पर्शुराम राई प्रतिष्ठानले खोटाङका विभिन्न स्थानमा स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ। कोरोना भाईरसको दोश्रो भेरियन्टले गाँजिरहेको अवस्थामा जिल्लाको छ स्थानमा स्वास्थ्य सामग्रीहरु वितरण गरेको हो।

    प्रतिष्ठानको पहल र आईएमएस ग्रुप र ग्रिन भिलेज हाउजिङ प्रालिको सहयोगमा स्वास्थ्य सामग्रीहरु वितरण गरिएको स्वर्गीय पर्शुराम राई प्रतिष्ठानका संरक्षक रविन चाम्लिङ राईले बताए।

    आईतबार प्रतिष्ठानले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कार्यक्रम गरेर हलेसी प्रतिष्ठानलाई ४ हजार माक्स, ४ वटा अक्सिमिटर, खामाखा खार्चुङ समाजलाई १ हजार माक्स १ वटा अक्सिमिटर, हलेसी पोलिक्लिनिलाई १ हजार ५ सय माक्स, १ वटा अक्सिमिटर र केही मात्रामा स्यानिटाइजर तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपालाई ८ हजार माक्स, १० लिटर स्यानिटाइजर, १० वटा अक्सिमिटर र ८ थान पिपिई सेट वितरण गरेका छन्।हलेसी महादेवस्थानमा स्वास्थ्य सामग्री वितरण गरिदै।

    यस्तै, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कलाई २० हजार माक्स, २० लिटर स्यानिटाइजर, ९ वटा अक्सिमिटर १० थान पिपिई सेट, ३० वटा फेसशिल्ड, ज्येष्ठ नागरिक संघ लफ्याङलाई १ हजार र नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई ३ हजार माक्स, ५० थान फेसशिल्ड, ३ वटा अक्सिमिटर र ११ वटा पकेट स्यानिटाइजर वितरण गरेका छन्।

    प्रतिष्ठानका संयोजक जगदिश राजभण्डारी, कोषाध्यक्ष विजयकला राई, मनिला राई सदस्यहरु गुणराज राजभण्डारी, चन्द्र कुमारी राई, ईन्द्र राई, मान वहादुर राई, कुलदिप मिश्र लगायतले स्वास्थ्य सामग्री वितरण गरेका थिए। अझै जिल्लाका ३४ वडामा ३७ हजार माक्स वितरण गर्ने लक्ष्य रहेको प्रतिष्ठानका संरक्षक चाम्लिङले बताए।बुईपामा स्वास्थ्य सामग्री वितरण गरिदै ।

    यसैविच, स्वास्थ्य सामग्री वितरणका लागि खोटाङ आईपुगेका प्रष्ठिानका सदस्य काठमाण्डौ बुढानिलकण्ठ–९ बुढानिलकण्ठका कुलदिप मिश्रको परिवारले हलेसी प्रतिष्ठानलाई १ लाख १ हजार ५ रुपैयाँ र ईलाम चुलाचुली १ का मान बहादुर राईले ५० हजार ५ रुपैयाँ दान गरेका छन्। हलेसीमा आई आफूहरुले गरेको भाकल पूरा भएपछि नगद दान गरिएको उनीहरुले बताएका छन्।
    हलेसी तुवाचुङ नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर
    अभिनेत्री मनिषा कोईरालाको ब्याप्स स्वामीनारायण संस्था युकेबाट प्राप्त १ वटा अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री हलेसी तुवाचुङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ। अभिनेत्री कोईरालाको संस्थाबाट प्राप्त तथा आईएमएस ग्रुप, ग्रिन भिलेज हाउजिङ प्रालिको सहयोग स्वर्गीय पर्शुराम राई प्रतिष्ठानको पहलमा संयोजक जगदिश राजभण्डारीले नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईलाई नगरपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।स्वास्थ्य सामग्री वितरण गरिदै।

    अक्सिजन कन्सन्ट्रेटरसहित २० लिटर स्यानीटाईजर, १० हजार माक्स, १० थान पिपिई सेट, बच्चाका लागि एक काटन सिटामोल जोल र दुई काटन ग्लोब्स हस्तान्तरण गरिएको हो। प्रतिष्ठानको पहलमा भएको हस्तान्तरण कार्यक्रममा संयोजक राजभण्डारी, कोषाध्यक्ष विजयकला राई, मनिला राई सदस्यहरु गुणराज राजभण्डारी, चन्द्र कुमारी राई, ईन्द्र राई, मान वहादुर राई, कुलदिप मिश्र, संरक्षक रविन चाम्लिङ लगायतको उपस्थिती थियो।

    आर्थिक वर्ष पनि सकिएको तथा स्वास्थ्य सामग्रीहरु पनि कम भईरहेको अवस्थामा स्वास्थ्य सामग्री पाउँदा खुशी लागेको नगर उपप्रमुख राईले बताईन् । अति आवश्यकीय स्वास्थ्य सामग्रीले कोरोना महामारीसँग जुध्न थप सहयोग पुग्ने उनको भनाई छ। महामारीको बेलामा स्वास्थ्य सामग्री सहयोग गरेकामा नगरप्रमुख राईले संम्बद्ध संस्थालाई धन्यवाद प्रकट गरेका छन्।
    यो पनि,स्वर्गीय पर्शुराम राई प्रतिष्ठानले महासंघलाई दियो स्वास्थ्य सामग्री

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology