• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुई स्थानमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीया शिबिर

दुई स्थानमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीया शिबिर


समायोजन खबर
  • सोमबार, चैत्र ९ २०७७

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, खोटाङमा आँखाका बिरामीलाई लक्षित गर्दै दिक्तेल र हरमटारमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीया शिबिरको तयारी गरिएको छ । आँखाका विभिन्न समस्याबाट पिडित भएका बिरामीको उपचारका लागि आँखा उपचार केन्द्र दिक्तेल र रावाबेँसी गाउँपालिकाको केन्द्र कुभिन्डे हरमटारमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीया शिबिर सञ्चालन गर्ने तयारी गरिएको हो ।

    हरमटारमा २१ चैतदेखि २३ गतेसम्म र आँखा उपचार केन्द्र दिक्तेलमा २६ चैतदेखि २८ गतेसम्म निःशुल्क आँखा जाँच तथा शल्यक्रीया शिबिर सञ्चालनको तयारी गरिएको नेपाल नेत्र ज्योती संघ खोटाङका सभापति ईन्द्र कसजूले बताए ।

    दुई स्थानमा सञ्चालन हुने शिबिरमा कम्तीमा दुई सय जनाको आँखाको शल्यक्रीया गर्ने लक्ष्य राखिएको नेपाल नेत्र ज्योती संघका सभापति कसजूले बताए । शिबिरमा आँखाका बिरामीलाई औषधि तथा निःशुल्क औषधि वितरण गरिने जानकारी दिइएको छ ।

    पाट्नर्स फर इक्विटीको वित्तीय सहयोग, रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग एबं सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योती संघले आँखा उपचार शिबिरको तयारी थालेको हो ।

    यसैबीच, ४२ औं नेत्र ज्योती दिवस तथा नेपाल पत्रकार महासंघको ६६ औं स्थापना दिवसको अवशरमा दिक्तेलमा ज्येष्ठ नागरिकका लागि आँखा जाँच शिबिर सञ्चालन गर्ने निर्णय गरिएको छ । नेपाल नेत्र ज्योती संघ, नेपाल पत्रकार महासंघ र ज्येष्ठ नागरिक संघको आइतबार बसेको बैठकले सहकार्य गरेर आगामी चैत १३ गते ज्येष्ठ नागरिकको आँखा जाँच शिबिर सञ्चालन गर्ने निर्णय गरेको हो ।

    आँखा जाँचकाक्रममा भेटिएका आँखाको शल्यक्रीया गर्नुपर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई आगामी चैत २६ देखि २८ गतेसम्म आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन हुने निःशुल्क आँखा जाँच तथा शल्यक्रीया शिबिरमा बोलाउने व्यवस्था मिलाइने नेपाल नेत्र ज्योती संघ खोटाङका सभापति ईन्द्र कसजूले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology