• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रोकिएन सरकारी सवारी साधनको दुरुपयोग : दशैमा झनै दुरुपयोग

रोकिएन सरकारी सवारी साधनको दुरुपयोग : दशैमा झनै दुरुपयोग


समायोजन खबर
  • शुक्रबार, कार्तिक ७ २०७७

  • शनिबार दिक्तेलबजारमा सरकारी मोटरसाइकल दुरुपयोग गरेर घाँस बोकेर लैजादै ।फाइल तस्विर ।

    चिसाङ शेर्पा खोटाङ, आज बडादशैको सातौं दिन फुलपातीदेखी सुरक्षा निकायका बाहेक सम्पूर्ण सरकारी कार्यालय बन्द छ । सरकारी कामकाजमा सहज होस भन्ने उद्देश्यले खरीद गरिएको सरकारी सवारी साधनहरु खोटाङमा दशैंको विदामा समेत सडकभरी चलेको देख्न पाइन्छ । दशैं विदामा (दुई पाङग्रे)सरकारी सवारी साधनहरु घरायसी प्रयोजन र मोजमस्तीका लागि झन् बढी दुरुपयोग भएको पाइएको छ ।

    फुलपातीका दिन साकेला गाउँपालिकाको मोटरसाइकल दिक्तेलमा दुरुपयोग भएको पाइएको छ । गाउँपालिकाको मोटरसाइकल बिहान रत्नपार्कदेखी ओरालो लाग्दै गरेको पाइएको थियो । दुरुपयोग भएको सवारी साधन प्रशासनबाट पास लिएर चलाएको भए दशै विदामा जिल्ला प्रशासनले पास दिने व्यवस्था गरेको छैन ।

    गाउँपालिकाको सवारी साधन दशै विदामा दुरुपयोग भएको विषयमा साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्कासँग पटक–पटक बुझ्न खोज्दा उहाँको फोन अफ भएको पाइएको छ । प्रमुख प्रशासकीय अधिकृत रविन मगरले भने दशै विदामा सरकारी सवारी साधन चलाउन कसैलाई पनि पास जारी नगरेको र केही कर्मचारीको डेरा दिक्तेलमा भएकाले सरकारी मोटरसाइकल ल्याएको हुनसक्ने बताए । यदि दुरुपयोग भएको भए सोधपुछ गरिने मगरले बताए ।

    यस्तै, गत शनिबार दिक्तेलबजारमा सरकारी मोटरसाइकलमा घाँस बोकेर लैजादै गरेको पाइएको थियो । जिल्ला प्रहरी कार्यालय नजिकै प्रदेश नं.१ लेखिएको ००८४ नम्बरकोे मोटरसाइकलमा घाँस बोकेर लैजादै गरेको दृश्यले सरकारी सवारी साधन कतीसम्म दुरुपयोग हुन्छ भन्ने प्रमाणित गरेको थियो ।

    यो पनि, सरकारी साधन दुरुपयोगको पराकाष्ठा : सिक्न समेत सरकारी सवारी

    यी प्रतिनिधिमूलक मात्रै हुन् । सार्वजनिक विदाका दिन जिल्लामा सरकारी मोटरसाइकल ससुराली आउजाउ गर्न, श्रीमती छोराछोरी बोक्न/घुमाउन, प्रेमिका घुमाउन, क्याम्पस जान, सिक्न, बजारमा किनमेल गर्न जान, राजनीतिक पार्टीको कार्यक्रममा नेता बोक्न, खेतीपातीको काम गर्नमा दुरुपयोग हुने गरेको छ । खासगरी स्थानीय तहको मोटरसाइकल यी कार्य गर्नमा प्रयोग हुने गरेको छ । त्यसरी सवारी साधनको दुरुपयोग भई मर्मत गर्दा भारी मात्रामा मर्मत खर्च लाग्ने गरेको छ । कतीपय अवस्थामा खरीद खर्चभन्दा मर्मत खर्च बढी आउने गरेको छ ।

    रावाबेंशी गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई चाडबाडमा सरकारी मोटरसाइकल ससुराली, माइत, मावला जानमा प्रयोग नगर्न पटक–पटक निर्देशन दिइएको र दशै विदामा पनि सोही निर्देशन दिइएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । अत्यावश्यक काममा बाहेक नीजि काममा सरकारी सवारी साधन प्रयोग गर्नै नपाइने कानुनी व्यवस्था भएकाले जनप्रतिनिधि र कर्मचारीलाई कानुनी व्यवस्था अनुसार गर्न/गराउन निर्देशन दिइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताए । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कर्मचारीलाई पास बनाएर दिएको बाहेक अन्य मोटरसाइकल दशै विदामा चलाउन बन्देज गरेको गाउँपालिका अध्यक्ष भपेन्द्र राईले बताए ।

    यो पनि पढ्नुहोस, सरकारी साधनको दुरुपयोग गर्दै हिउँ खेल्न (फोटोसहित)

    फुलपातीका दिन दिक्तेलबजारमा जिल्ला वन कार्यालय ओखलढुंगा र मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगाको मोटरसाइल बिना पास चलाइएको भेटिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरीयाले जानकारी दिए । विदामा पास बिना चलेका सरकारी साधनलाई धमाधम नियन्त्रणमा लिने काम भइरहेको छ । प्रनाउ चिमरीयाले भने, “सरकारी साधन दुरुपयोग हुन नदिन कडाइका साथ चेकिङ भइरहेको छ । पास नभएका जुनसुकै जिल्लाको सरकारी सवारी साधन नियन्त्रणमा लिन्छौ र कारवाही हुन्छ ।”
    दशै विदामा सुरक्षा निकाय, एम्बुलेन्स र स्वास्थ्यकर्मी बाहेक अन्यले प्रशासनको पास बिना सरकारी साधन चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । दशै विदामा सवारी पास समेत बन्द गरिएको प्रजिअ पौडेलले बताए । संघ र प्रदेश अन्तर्गतका सवारी साधनको हकमा प्रशासनबाट पास लिएर चलाउनुपर्ने स्पष्ट नीतिगत व्यवस्था छ । प्रजिअ पौडेलले भने, ‘स्थानीय सरकारको हकमा स्पष्ट नीतिगत व्यवस्था नभए पनि सार्वजनिक विदाका दिन सरकारी साधन चलाएको भेटिएमा सम्बन्धित कार्यालयको पास भए/नभएको निगरानी गरेर कारवाही गरिनेछ ।’

    यो पनि,सरकारी सवारी साधन दुरुपयोगको पराकाष्ठ, घाँस बोक्न प्रयोग

    २०७७ कार्तिक ७ गते साँझ ७ : ५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology