चिसाङ शेर्पा खोटाङ,
खोटाङमा सरकारी सवारी साधनको दुरुपयोग गर्दै कर्मचारीहरु गाडी तथा मोटरबाईक लिएर हिउँ खेल्न मुढे पुगेका छन् । बिहीबार बिहान परेको हिउँ खेल्नलाई सरकारी साधन लिएर उनीहरु मुढेमा पुगेका हुन् । ताकि बिहीबार सरकारले सार्वजनिक विदा दिएको थियो ।

विदाका दिन हिउँ खेल्नलाई मुढे लगेका सरकारी सवारी साधन । तस्विर चिसाङ शेर्पा
सदरमुकाम नजिक रहेको मुढेमा हिउँ खेल्नलाई आधा दर्जनबढी सरकारी साधन कर्मचारीले मुढेमा पु-याएका थिए । विदाको दिनमा सरकारी सवारी साधन चलाउन नपाउने र चलाउनु परेको खण्डमा प्रमुख जिल्ला अधिकारीको अनुमती लिनुपर्छ । यद्यपी, बा २ झ १३४८, बा १ झ ५२७१ नम्बरको गाडी मुढेमा हिउँ खेल्नलाई लगेको पाइएको छ ।

विदाका दिन हिउँ खेल्नलाई मुढे लगेका सरकारी सवारी साधन । तस्विर चिसाङ शेर्पा
यस्तै, हिउँ खेल्नकै लागि बा २ ब ९२४, को १ ब ९४४, बा २ ब १९९४ र को १ ब ९९७ नम्बरको मोटरबाईक मुढेमा पार्किङ गरेको पाइएको थियो । सवारी साधन चलाउने सन्दर्भमा कसैले आफूसँग कुनै जानकारी नलिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो । कुनकुन सवारी साधन दुरुपयोग भएको यक्कीन गरी कार्यालयसँग बुझ्ने र स्पष्टीकरण लिने प्रजिअ पौडेलले बताउनुभयो ।

विदाका दिन हिउँ खेल्नलाई मुढे लगेका सरकारी सवारी साधन । तस्विर चिसाङ शेर्पा

विदाका दिन हिउँ खेल्नलाई मुढे लगेका सरकारी सवारी साधन । तस्विर चिसाङ शेर्पा

विदाका दिन हिउँ खेल्नलाई मुढे लगेका सरकारी सवारी साधन । तस्विर चिसाङ शेर्पा

विदाका दिन हिउँ खेल्नलाई मुढे लगेका सरकारी सवारी साधन । तस्विर चिसाङ शेर्पा

विदाका दिन हिउँ खेल्नलाई मुढे लगेका सरकारी सवारी साधन । तस्विर चिसाङ शेर्पा
२०७५ फागुन १६ गते साँझ ५ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology