• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरकारी सवारी साधन दुरुपयोगको पराकाष्ठ, घाँस बोक्न प्रयोग

सरकारी सवारी साधन दुरुपयोगको पराकाष्ठ, घाँस बोक्न प्रयोग


समायोजन खबर
  • शनिबार, कार्तिक १ २०७७

  • शनिबार दिक्तेलबजारमा सरकारी मोटरसाइकल दुरुपयोग गरेर घाँस बोकेर लैजादै ।फाइल तस्विर ।

    चिसाङ शेर्पा खोटाङ, खोटाङमा सरकारी सवारी साधनको व्यापक दुरुपयोग भएको पाइएको छ । सरकारी कामकाज गर्नमा सहज होस भन्ने उद्देश्यले खरीद गरिएको सरकारी सवारी साधनहरु विदाका दिनमा घरायसी प्रयोजन र मोजमस्तीका लागि प्रयोग हुने गरेको पाइएको छ ।
    अत्यावश्यक काममा प्रशासनबाट पास लिएर बाहेक सार्वजनिक बिदामा सरकारी सवारी साधन प्रयोग गर्न पाइन्दैन । तर, पछिल्लो समय जिल्लामा (दुई पाङग्रे) सरकारी सवारी साधनको दुरुपयोग व्यापक बढेको छ । स्रोतका अनुसार सार्वजनिक विदामा कतीपयले ससुराली जान/आउन, श्रीमती छोराछोरी बोक्न/घुमाउन, प्रेमिका घुमाउन, क्याम्पस जान, सिक्न, बजारमा किनमेल गर्न जान, राजनीतिक पार्टीको कार्यक्रममा नेता बोक्न सरकारी मोटरसाइकल प्रयोग गर्ने गरेको छ ।

    शनिबार दिक्तेलबजारमा सरकारी मोटरसाइकलमा घाँस बोकेर लैजादै गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय नजिकै प्रदेश नं.१ लेखिएको ००८४ नम्बरकोे मोटरसाइकलमा घाँस बोकेर लैजादै गरेको हो । यस्तै, शनिबार नै बा २ ब ७४७० नम्बरको मोटरसाइकल पनि दुरुपयोग भएको पाइएको छ । यि त प्रतिनिधिमूलक मात्रै हुन् ।

    खासगरी स्थानीय तहको मोटरसाइकल सम्बन्धित ब्यक्ति बाहेक अन्यले पनि प्रयोग गरिरहेको पाइएको छ । त्यसरी सवारी साधनको दुरुपयोग भई मर्मत गर्दा भारी मात्रामा मर्मत खर्च लाग्ने गरेको स्रोत बताउँछ । कतीपय अवस्थामा खरीद खर्चभन्दा मर्मत खर्च बढी आउने गरेको छ । राज्यको सम्पत्तीमा मन लाग्दो लापारवाही छ स्रोत भन्छ ।

    ट्राफिक प्रहरीले सार्वजनिक विदामा सरकारी साधनको चेकजाँच गरेको पाइन्दैन । ट्राफिक प्रहरीले सरकारी मोटरसाइकल छोडेर नीजि मोटरसाइकललाई मात्रै चेकिङ गर्ने र अनावश्यक झन्झट दिने गरेको मोटरसाइकल चालकहरुको भनाई छ । सरकारी सवारी साधन मात्रै भनेर हुन्छ सम्बन्धित ब्यक्तिले प्रयोग गरेको हो/हैन, के प्रयोजनका लागि विदामा चलाइएको हो त्यो बुझ्नुपर्दैन । मोटरसाइकल चालक थप्छन् ‘हामीसँग सबै कागजात हुन्छ तर, पनि ट्राफिकले यो भएन, त्यो भएन भन्दै दुःख दिने गरेको छ ।’

    संघ र प्रदेश अन्तर्गतका सवारी साधनको हकमा प्रशासनबाट पास लिएर चलाउनुपर्ने स्पष्ट नीतिगत व्यवस्था भएकाले त्यही अनुसार विदाका दिन प्रशासनबाट पास लिएर चलिरहेको र पास नलिइकन चलाउनेलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । स्थानीय सरकारको हकमा स्पष्ट नीतिगत व्यवस्था नभए पनि सार्वजनिक विदाका दिन सरकारी साधन चलाएको भेटिएमा सम्बन्धित कार्यालयको पास भए/नभएको निगरानी गरेर विदामा सरकारी साधन नचलाउन उत्प्रेरित गरिने प्रअिज पौडेलले बताए । २०७७ कात्र्तिक १ गते साँझ ५ :४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology