• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ट्याङकरको पानी किनेर होटल सञ्चालन

ट्याङकरको पानी किनेर होटल सञ्चालन


चिसाङ शेर्पा
  • आइतबार, मंसिर २२ २०७६

  • हलेसीमा सञ्चालित होटलहरु ।

    चिसाङ शेर्पा खोटाङ,
    जिल्लाको त्रिधार्मिकस्थल तथा पर्यटकीयस्थल हलेसीका होटलहरुले लामो समयदेखी पानी किनेर होटल व्यवसाय गर्दै आएका छन् । बौद्ध, हिन्दु र किरात धर्मको संगमस्थल हलेसीमा प्रशस्त पिउने पानी नहुँदा यहाँका होटल व्यावसायीहरु ट्याङकरबाट आएको पानी खरिद गरेर होटल चलाउन बाध्य छन् । विश्वभरीका पर्यटक आइपुग्ने त्रिधार्मिकस्थल तथा पर्यटकीयस्थलमा रहेका सानाठूला होटल र आम सर्वसधारणले पानी खरिद गरेर दैनिक गुजारा गर्नु यहाँको बाध्यता हो ।

     

    सुख्खाक्षेत्र, वरीपरी तलमाथि कतै पानीको मुहानहरु नहुँदा प्रतिलिटर १ रुपैयाँका दरले पानी किनेर होटल चलाउनु परेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष रुद्र गिरीले बताए । पुगनपुग १ सयवटा होटल रहेको हलेसीमा एक होटलले दिनमा १० हजार पानीमा खर्च गर्नुपर्छ । विश्वभरीका पर्यटक आउँछन् । सफासुग्घर गर्नलाई पानीको अभाव हुन्छ । किनेको पानी फारो हुदैन । अध्यक्ष गिरी भन्छन्, पर्यटकहरु विहान बेलुका नुहाउन चाहान्छन् पानी खरीद नगर्नुको त विकल्प छैन । कि त होटल नै बन्द गर्नुप¥र्यो ।

    हलेसीमा सञ्चालित होटलहरु ।

    प्रतिदिन होटलले १० हजार लिटरले पानी खरीद गर्दा एकैदिनमा १ लाखसम्मको पानी किनबेच हुने गरेको छ । हलेसी भेगमा ६ वटा ट्याङकरले १५/२० किलोमिटरको दुरीबाट कोशी तथा जरुवा पानी बोकेर विक्री गरिरहेका छन् । विश्वभरीबाट नेपाल आउने पर्यटकमध्ये ५ प्रतिशत पर्यटक आउने हलेसीमा प्रशस्त पानी नहुँदा कपडा धुन, नुहाउनमा होटल व्यवसायीलाई सबैभन्दा बढी समस्या हुने गरेको छ । सडक सञ्जाल फराकिलो हुँदै जाँदा हलेसी आउने पर्यटककोे चाप बढ्दै गएको छ । कहिलेकाँही पर्यटक चापकै कारण पानी खरीद गर्नसम्म नपाईने होटल व्यवसायीहरु बताउँछन् ।

     

    पूर्वको पशुपतिनाथले प्रसिद्ध हलेसीमा महिनामा आन्तरिक र बाह्य पर्यटक गरेर ५/६ सय र वर्षमा १० हजार हाराहारीमा पर्यटक आउने गरेका छन् । पर्यटकलाई खाना बस्नका लागि होटलहरु भए पनि होटलवालाहरुलाई पानी कै चिन्ता हुन्छ । पानीको कसरी व्यवस्थापन गर्ने भनेर । बिशेषगरी बौद्ध धर्मावलम्बी बढी आउने हलेसीमा पानीको समस्या हुँदा एउटै होटलमा आएका पाहुनाहरुलाई बाँडफाँड गरेर राख्नुपर्ने बाध्यता रहेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष गिरी बताउँछन् । हलेसीमा चीन, भुटान, भारत, सिंगापुर, जापान, रुस, अमेरिकाबाट पर्यटक आउने गर्छन् ।

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हलेसीबजारसहित डिकुवा, बाहुनीडाँडा, च्यास्मिटार, दुर्छिम, मंगलटार, बडहरेमा पानीको विकराल समस्या छ । डिकुवा, बाहुनीडाँडा, च्यास्मिटारका सर्वसाधरणले डिजेल तथा पेट्रोलको खाली ड्रम ट्याक्टरमा हालेर कोशी पु¥याउने र पानी भरेर ल्याएर खाने गरेका छन् । पानीको विकराल समस्या भएपछि सरकारले २०७१ सालमा हलेसी भेगका साविक ७ वडालाई सुख्खा क्षेत्र घोषणा गरेर २०७४ सालबाट बृहत हलेसी सुख्खा क्षेत्र लिफ्टिङ आयोजनाको मुख्य लाईन र वितरण लाईनको काम भईरहेको छ । तर, लिफ्टिङ आयोजनाको काम गरिरहेका तीन निर्माण कम्पनीले सम्झौता म्याद सकिन १ महिना लाग्दा योजना नै अलपत्र र लथालिंग बनाएको छ । दिवा महादेव खिम्ती जेभी, रमण–सगरमाथा–सगरमाथा घिमिरे, लामा कन्ट्रक्सन प्रालिले आलटाल र बहानाबाजी गर्दै आयोजनाको काम अलपत्र बनाएको हो ।
    हलेसीमा गाईडको समस्या
    हलेसीमा विश्वभरका पर्यटक आउने भए पनि गाईडको अभावमा हलेसीकै बारेमा पर्यटकले सम्पूर्ण जानकारी पाउँदैनन् । पर्यटन विकासका लागि स्थानीय गाईड नहुँदा हलेसीको पौराणिक तथा इतिहासका कुराहरु बुझाउन अझै नसकिएको यसका जानकारहरु बताउँछन् ।
    राज्य तथा स्थानीय सरकारले गाइडको व्यवस्थापन गरे पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । गाईड लगायतका विषयहरु व्यवस्थापन गर्ने जिम्मा सूचना केन्द्रको काम भए पनि कामै नगरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । केन्द्रले भेटीघाटीमा ध्यान दिएको, समग्र हलेसी विकासमा नलागेको प्रमुख राईले दावि गरे । हलेसीकै प्रवद्र्धनका लागि स्थापना भएको हलेसी विकास समितिले पनि प्रभावकारी काम नै गरेको छैन ।
    यो पनि पढ्नुहोस

    हलेसी सुख्खा क्षेत्र लिफ्टिङ आयोजना : म्याद सकिनै लाग्दा प्रगती निराशाजनक

    २०७६ मंसिर २२ गते मध्यान्ह १२ : २८ मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology