• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विद्धालयमा भ्रमण गर्नेलाई समय तालिका

विद्धालयमा भ्रमण गर्नेलाई समय तालिका


चिसाङ शेर्पा
  • मंगलबार, बैशाख १० २०७६

  • शैक्षिक भ्रमणमा आएकासँग छलफल गर्दै शुभद्रा–मदन फाउण्डेसनका प्रवन्ध निर्देशक सुर्य कुमार राई (सेतो टिसर्ट) । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    बन्द पश्चात २०६२ सालदेखी शुभद्रा–मदन फाउण्डेसनले सरकारी प्रक्रिया पूरा गरी पुनः सञ्चालनमा ल्याएको जन जागृती आधारभूत विद्धालयमा अहिले भ्रमण गर्नेको संख्या बढ्न थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मा डाँडागाउँमा अवस्थित विद्धालयलाई फाउण्डेसनले हातमा लिएर पुनः स्थापनागरी संम्भवतः नेपालकोे हकमा पहिलो जीवनमुखी शिक्षाको केन्द्रविन्दु बनाएपछि दिनानु दिन भ्रमण गर्नेको संख्या बढ्न थालेको हो ।
    पुस्तक भन्दा व्यावहारिक शिक्षामा जोड दिएको विद्धालयमा गाई, भैंसी, घोडा, बाख्रा, कुखुरा, परेवा, माछा पाल्न, बारी खनजोत गर्न, गाई भैसीको मलमुत्र बनाउन, सागसब्जी गोडमेल गर्न, खाना पकाउन/खान, भाडाकुंडा माझ्न, गाडी, कम्प्युटर बनाउन/चलाउन, कपडा सिलाउन, शाररिक व्यायाम गर्न, गीत/संगीत सिक्न, वाध्यबादन बजाउन, नृत्य गर्न, कराते खेल्न, गमला सजाउन, मानवीय मलमुत्रबाट प्राङगरिक मल बनाई तरकारी उत्पादन गर्न, पाहुनाालाई स्वागत सत्कार गर्न लगायतका मानवीय जीवनमा अनिवार्य मानिएका विषयहरुको प्रत्यक्षरुपमा शिक्षा दिदैं आएको विद्धालयमा शैक्षिक भ्रमण, कृषि भ्रमण र औधोगीक भ्रमण गर्नेको चाप उल्लेखनीय रुपमा बढेको शुभद्र–मदन फाउण्डेसनका प्रवन्ध निर्देशक सुर्य बहादुर राईले बताए । त्यसमा पनि वैकल्पिक शिक्षाको खोजीमा जिल्लाभीत्र र वाहिरका विधार्थी, शिक्षक, विद्धालय व्यवस्थापन समिति पदाधिकारी सवैभन्दा वढी शैक्षिक भ्रमणमा आउने गरेका छन् । उनीहरु विधार्थीले पालेको चौपाया, पशुपंक्षी देखी कृषि खेतीसम्म हेरेर फर्कने गरेका छन् ।

    वैकल्पिक शिक्षा, जीवन उपयोगी शिक्षा कसरी संम्भव छ भनेर जिल्लाभीत्र, बाहिरकाहरु गाडी रिर्जभ गरेर त्यहाँ आउने गरेका छन् । विधार्थी वाहेक ५० जना पाहुना अटाउन सक्ने क्षमता भएको विद्धालयमा पछिल्लो समय भ्रमणमा आउनेले सूचना नगरी आईदिंदा व्यवस्थापन गर्न असहज भएको प्रवन्ध निर्देशक राईले बताए । वैकल्पिक शिक्षाको खोजीमा यति धेरैको संख्यामा विद्धालय भ्रमण, अवलोकनमा आउनु गौरवको विषय हो । तर ! यो हलेसी, भुलभुले, रुपाकोटजस्तो हैन । आयो भ्रमण ग-र्यो, गयो । बिहानदेखी बेलुकासम्मको भ्रमणपछि समिक्षा, छलफल गर्न आवश्यक छ । अनि मात्रै यहाँको विस्तृत कुरा थाहा हुन्छ । उनले भने, ‘समय, बाँस र खानाको व्यवस्थापन गर्न हामीलाई पनि सहज हुनुपर्छ । त्यसैले भ्रमणमा आउनेलाई हामीले रुटिङ अनुसार आउन सल्लाहा दिने गरेका छौ । कतीपय टोली अहिले पनि होल्डमा हुनुहुन्छ ।’
    नेपालको पुर्व मेचीदेखी पश्चिम महकालीसम्म ५० जिल्लाका विधार्थी अध्ययन गर्ने विद्धालयमा कक्षा ७ सम्म शैद्धान्तिक र प्रयोगात्मक एकैसाथ जीवनमुखी शिक्षा प्रदान गर्दै आएकाले भ्रमण गर्नेको संख्या दैनिक बृद्धि हुने गरेको छ । आफूले स्थापना गरेको विद्धालय जीवन सिकाउने थलो भएकाले कुनै पनि व्यक्ति सवै कुरामा बोल्ने जान्ने, लेख्न जान्ने, काम गर्न जान्ने, आफू सिपालु र ज्ञानी भएर बाँच्न सकोस भन्ने उद्देश्यले विद्धालय स्थापना गरिएको र यहि गरिरहेको फाउण्डेसनका अध्यक्ष मदन राईले बताए ।

    शिक्षा रुपान्तरणका लागि निरन्तर क्रियाशिल उक्त विद्धालय पर्यटकीय गन्तब्य स्थलको रुपमा समेत स्थापित हुंदै गएको छ । सार्वजनिक विदा तथा शनिवार अधिकांश मानिस विद्धालय भ्रमण गर्दै सेल्फि खिच्न पुग्ने गरेका छन् । बैकल्पिक शिक्षा र जीवन उपयोगी शिक्षा दिनका लागि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयरामघाटमा अवस्थित दुधकोशी आधारभुत विद्धालयमा यहि मोडेलको विद्धालय चाडै स्थापना गरिने तयारी भएको छ ।शैक्षिक भ्रमणमा आएकासँग छलफल गर्दै शुभद्रा–मदन फाउण्डेसनका अध्यक्ष मदन राई । तस्विर चिसाङ शेर्पा

    यस्तै, ताप्लेजुङ, तेह्रथुम, मुस्ताङमा पनि यहि मोडेलका विद्धालय विस्तार गर्ने सल्लाहा भइरहेको फाउण्डेसनले जनाएको छ । १२ सय रोपनी क्षेत्रफलमा उक्त फाउण्डेसनद्धारा हाल प्रयोगात्मक र सैद्धान्तिक शिक्षा दिइरहेको छ ।

    यो पनि पढ्नुहोस

    आहा ! यो पो त स्कुल ‘शुभद्रा–मदन फाउण्डेसन’

    २०७६ बैशाख १० गते मध्यान्ह १ :१० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology