• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एनसेलसँगको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलाई निर्देशन

एनसेलसँगको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलाई निर्देशन


समायोजन खबर
  • आइतबार, माघ २७ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डौ,
    अर्थ समितिले दूरसञ्चार कम्पनी एनसेलसँगको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आज बसेको अर्थ समितिको बैठकले एनसेलसँगको बक्यौता तत्काल उठाउन निर्देशन दिएको हो । अर्थ मन्त्रालयको अनुसार एनसेलसँग आवद्ध कम्पनीको बक्यौता ७२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । अर्थ समितिमा मन्त्रालयले पेस गरेको सूचना अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याटबापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको हो । त्यस्तै अन्य दूरसञ्चार कम्पनीहरुको बक्यौता रकम भने जम्मा ४ करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।

     

    बैठकले एनसेलको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलगायतका सम्बन्धित निकायलाई एक महिनाभित्र रकम उठान गरिसक्न निर्देशन दिएको हो । बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर कति उठाउने भन्ने विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ हेर्न पर्ने जानकारी गराउनुभएको थियो । दायित्व कसलाई तोकेको हो त्यसलाई आधार मानेर अघि बढ्नु पर्ने मन्त्री खतिवडाले समितिमा बताउनुभयो ।
    २०७५ माघ २७ गते साँझ ६ : ०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology