चिसाङ शेर्पा खोटाङ,
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा जिल्ला प्रहरी कार्यालयलाई निःशुल्क जग्गा प्राप्त भएको छ । गाउँपालिकाको सप्तेश्वर छितापोखरी नाराङगाका मान बहादुर खत्री र ज्ञान बहादुर राईबाट साँढे चार रोपनी जग्गा प्रहरीलाई प्राप्त भएको हो ।
जग्गादाता खत्रीले तीन रोपनी र राईले डेढ रोपनी जग्गा शुक्रबार जिल्ला मालपोत कार्यालय दिक्तेलमा आएर जिल्ला प्रहरी कार्यालयको नाममा जग्गा पास गरिदिएका हुन् । गाउँपालिकाको कार्यालय आसपासमा प्रहरी कार्यालय राख्ने सरकारको नीति अनुरुप गाउँपालिकाको पहलमा प्रहरीलाई जग्गा उपलव्ध गराइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए । जग्गा पास भएपछि जग्गाको धनीपूर्जा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीलाई सोही दिन गाउँपालिका अध्यक्ष राईले हस्तान्तरण गरेका छन् । यो सँगै दुइ नगरपालिका र आठ गाउँपालिकामा विषयगत कार्यालयका लागि जग्गा दिने दिप्रुङ चुइचुम्मा गाउँपालिका पहिलो भएको छ ।

पास भएको जग्गा धनीपूर्जा
गाउँपालिकाको केन्द्रसँगै बैंक, वित्तिय संस्था रहने र मानिसको बाक्लो चहलपहल हुने भएकाले सुरक्षाका निम्ति गाउँपालिकाको पहलमा प्रहरीलाई जग्गा प्राप्त भएको प्रनाउ केसीले बताए । प्राप्त जग्गामा प्रहरी कार्यालय निर्माणको लागि माथिल्लो निकायमा पहल गरिने उहाँको भनाई छ । नाराङगाका सात जना समाजसेवीले गएको पुस १८ गते नै गाउँपालिकाका लागि १२ रोपनी जग्गा दान गरेका थिए । उक्त १२ रोपनी जग्गाबाट प्रहरीलाई साढे चार रोपनी जग्गा प्रदान गरिएको हो ।
यो पनि पढ्नुहोस
जग्गादाता भन्छन् ‘गाउँपालिका संमृद्ध भएकोे देख्न चाहान्छौ’
२०७५ माघ ११ राती ८ : ३८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology