• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जग्गादाता भन्छन् ‘गाउँपालिका संमृद्ध भएकोे देख्न चाहान्छौ’

जग्गादाता भन्छन् ‘गाउँपालिका संमृद्ध भएकोे देख्न चाहान्छौ’


चिसाङ शेर्पा
  • शुक्रबार, पौस २० २०७५

  • गाउँपालिकालाई जग्गादान गरेको कागजात हस्तान्तरण गर्दै जग्गादाता र कागजात ग्रहण गर्दै गाउँपालिका प्रमुख भुपेन्द्र राई । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    गाउँपालिकामा कर्मचारी र सेवाग्राही आफ्नै सुरमा काम गरिरहेका थिए । गाउँपालिका प्रमुख आफ्नै काममा व्यस्त थिए । सेवाग्राहीहरु बाहिरभित्र गर्दै काम सकाउनमा होडबाजी गर्दै थिए । त्यतिकैमा एउटा स्कारपीयो गाडी दिपु्रङ चुइचुम्मा गाउँपालिकामा हुइकीएर आईपुग्यो । यताउता गरीरहेका सेवाग्रही चनाखो हुंदै त्यही गाडीतिर नियाल्दै थिए । को होला गाडीमा ? गाडीमा भएका व्यक्तिहरु कताबाट आएका हुन् ? यहि प्रश्न सबैमा थियो ।

     

    गाडी पार्किङ गरी सबैजना झरे र एकजनाले हातमा प्लाष्टिकको झोला बोकेर गाउँ कार्यापालिका तिर लागे । ति नौलो जस्तो अनुहारलाई स्वागत गर्न गाउँपालिका अध्यक्ष भुपेन्द्र राई आफ्नो कार्यकक्षबाट हत्तपत्त निस्किएर बाहिर आए । ति आएका नयाँ भनिनेहरुले पनि हतारहतार खादा निकालेर गाउँपालिका अध्यक्षको गालामा लगाई दिंदै आगामी कार्यकालको शुभकामना दिए । यो सबै दृश्य देख्दा प्रष्टै अड्कल गर्न सकिन्थ्यो कि उनीहरु स्थानीय सरकार आएपछि पहिलो पटक त्यहाँ आएका हुन् । त्यहाँ सानो–सानो भीड नै लाग्यो । पछि थाहा भयो ति मान्छेहरु त हुल कसेर गाउँपालिकाका लागि निःशुल्क जग्गा दान गर्नलाई तीन तिरबाट एक भएर आएका रहेछन् । गाउँपालिकालाई जग्गा आवाश्यक परेको र आफ्नो पुर्खौली थातथलो भएकाले जग्गा दिनलाई फोन तथा फेसबुकबाट सर सल्लाह गरी उनीहरु त्यहाँ आएका रहेछन् ।

     

    नाराङगाका पदम कुमारी राई, पुरण चाम्लिङ राई, देबी कुमार राई, दिलीप कुमार राई, अशोक राई, मान बहादुर खत्रीले प्रति ब्यक्ति डेढ रोपनी र मान कुमारी राईले ३ रोपनी जग्गा पुस १८ गते गाउँपालिकालाई दान गरे । सप्तेश्वर छितापोखरी नाराङगाका ति सबै गाउँ छोडेर बाहिर बसोवास गर्छन् । काठमाण्डौ, गाइघाट, बिराटनगर र धरान वसोवास भएपनि गाउँको उन्नतीका लागि जग्गा दिएको जग्गादता देबी कुमारले बताए । आफू जन्मे हुर्केको ठाउँको मायाले र इतिहासका लागि जग्गा दिएको पुर्व लाहुरे समेत रहेका पुरण चाम्लिङले सुनाए । आफ्नै गाउँठाउँमा हुंदै आएको विकासमा टेवा पुग्ने भन्दै आफूहरुले जग्गा दिएको जग्गादाताहरुको भनाई थियो । सात जनाले १२ रोपनी जग्गा मात्रै दिएनन्, आगामी दिनमा विकास होस भनि कामना पनि गरे । सवैजना जग्गा दान गर्न आफै इच्छुक भएको नाराङगाका मेरु कुमार राईले बताए । जग्गा दान गर्छु भनेपछि मैले नै उहाँहरुलाई सबै कुरा राखेर बोलाए । जग्गा दान गर्नलाई उहाँहरु गाडी नै रिर्जभ गरेर आउनुभयो । आफ्नो थातथलोप्रती असाध्यै माया देखाउनुभयो । उनले भने, ‘आफूहरुले दिएको जग्गामा गाउँपालिकाले संमृद्धी गरेको हेर्ने उनीहरुको तीब्र इच्छा छ ।’

                                                जग्गा दान गरेको कागजात गाउँपालिका अध्यक्ष भुपेन्द्र राईलाई बुझाउदै जग्गादाताहरु

    स्थानीयहरुले दिएको निशुल्क जग्गा मध्ये साँढे चार रोपनी प्रहरी चौकीका लागि र अन्यमा गाउँपालिकाको बिषयगत कार्यालय निर्माण हुंदै जाने गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । स्थानीयले दिएको १२ रोपनीसहित अब गाउँपालिकासँग २० रोपनी जग्गा रहेको छ । गाउँपालिकामै पुगेर जिल्ला मालपोत कार्यालय दिक्तेलका बरिष्ट खरदार निर्मल कुमार खत्री, अमिन मोतीराम दास र लेखनदास नारायण बहादुर खत्रीले दानपत्र दिनेहरुलाई डोर सनाखत सेवा दिई मालपोतमा पास गर्न कागजात लिएर पुष १९ गते दिक्तेल आएका छन् । आईतबार सम्पुर्ण काम सकेर लालर्पुजा गाउँपालिकालाई बुझाईने जिल्ला मालपोत कार्यालय दिक्तेलका बरिष्ट खरदार खत्रीले बताए । जग्गादाताहरु भने पुस १९ गते नै आफूहरु वसोवास गरेको स्थानतर्फ लागेका छन् ।
    २०७५ पुस २० गते बिहान ९ : ४४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology