चिसाङ शेर्पा खोटाङ,
दिक्तेलका अग्नी पीडित परिवारलाई अन्तरपार्टी महिला सञ्जालले आर्थिक सहयोग गरेकोे छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कका अग्नी पीडित तीन परिवारलाई आर्थिक सहयोग गरेको हो ।
गएको कार्तिक २३ गते बिहान लागेको भिषण आगोले घरसहित सम्पुर्ण जलेर बिचल्लीमा परेका कृष्ण कुमार श्रेष्ठ, अम्बिका बुढाथोकी र रमेश कुमार खत्रीलाई सञ्जालको मूल कोषको रकमबाट जनही पाँच हजारका दरले नगद सहयोग गरिएको सञ्जालकी जिल्ला सल्लाहकार तथा पूर्वाध्यक्ष दुर्गा जयन्ती राईले जानकारी दिईन् । अग्नी पीडितहरुलाई मंगलबार रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रमा सञ्जालकी उपाध्यक्ष रश्मी रसाईलीले सहयोग रकम हस्तान्तरण गरेकी थिईन् ।
खाशगरी विभिन्न हिंसामा परेका महिलाहरु न्याय खोज्दै सदरमुकाम आउँदा सवै किसिमको सहयोग गर्दै आएको सञ्जालले आगलागी पीडित, वाढी पहिरो पीडित तथा घरायसी हिंसामा परेका महिलाहरुलाई आर्थिक, भौतिक, नैतिक सहयोग गर्दै आएको छ । गत वर्षमात्रै सञ्जालले हलेसीबजारमा भएको आगलागी पीडितलाई बीस हजार आर्थिक सहयोग गरेको थियो ।
आगलागीमा श्रेष्ठको १ करोड २५ लाख, अम्बिका/अस्मिता बुढाथोकीको १ करोड २४ लाख क्षति भएको थियो । उनीहरुकै घरमा कपडा पसल गरेर बसेका खत्रीको ३५ लाख ३० हजार, बुढाथोकीकै घरमा डेरा गरि बस्ने सावित्रा माविका शिक्षक अब्दुल अहिम राईनको करीब ६२ हजार, तथा आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करीब ६ लाख क्षति भएको थियो ।
यो पनी पढ्नुहोस
अग्नी पिडित शिक्षकलाई विद्धालयको आर्थिक सहयोग
माथी फोटोमा : अग्नी पीडितलाई सहयोग रकम हस्तान्तरण गर्नुहुदै सञ्जालकी उपाध्यक्ष रश्मी रसाईली (बायाँ) तस्विर फेसबुक, २०७५ मंसिर ११ गते साँझ ६ः५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology