• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अग्नी पीडित शिक्षकलाई विद्धालयको आर्थिक सहयोग

अग्नी पीडित शिक्षकलाई विद्धालयको आर्थिक सहयोग

विधार्थीले मात्रै जुटाए १ लाख ३२ हजार


चिसाङ शेर्पा
  • सोमबार, मंसिर १० २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    आफ्ना विद्धालयका अग्नी पीडित शिक्षकलाई विद्धालय परिवारले आर्थिक सहयोग गरेका छन् । सरस्वती माध्यमिक विद्धालय दिक्तेलले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका अग्नी पीडित शिक्षक कृष्ण कुमार श्रेष्ठलाई करीब चार लाख हाराहारीमा आर्थिक सहयोग गरेको हो ।

     

    गएको कार्तिक २३ गते बिहान लागेको भिषण आगोले घरसहित सम्पुर्ण जलेर बिचल्लीमा परेका अग्नी पीडित श्रेष्ठका लागि विधार्थी, विद्धालय परिवार, शिक्षक/कर्मचारी, पूर्व शिक्षक र विव्यास पदाधिकारीले ३ लाख ९१ हजार ७२० रुपैयाँ नगद सहयोग गरेकोे समाविका शिक्षक शिवहरी ढकालले जानकारी दिए । सोही विद्धालयका शिक्षक तथा अग्नी पीडित श्रेष्ठका लागि विधार्थीहरुबाट १ लाख ३२ हजार ७२०, विद्धालयको तर्फबाट २५ हजार, विद्धालयका शिक्षक तथा कर्मचारीबाट १ लाख ८० हजार, पूर्व शिक्षकहरुबाट ४५ हजार र विद्धालय व्यवस्थापन समितिबाट ५ हजार सहयोग संकलन गरिएको थियो ।

    संकलित रकम सोमबार विद्धालयको प्राङ्गणमा विधार्थीका तर्फवाट मनकाजी राई, प्रधानाध्यापक ध्यानबहादुर राई, विद्धालय व्यवस्थापन समिति अध्यक्ष जयप्रसाद आचार्य,पूर्व शिक्षक लगायतले अग्नी पीडितलाई हस्तान्तरण गरेका छन् । विद्धालयका शिक्षक तथा कर्मचारीपछि आगलागीबाट बिचल्लीमा परेका आफ्ना गुरुका लागि विधार्थीहरुले सवैभन्दा बढी रकम संकलन गरेका थिए ।

    भाइटिको दिन भएको भिषण आगलागीमा श्रेष्ठको १ करोड २५ लाखसहित अम्बिका/अस्मिता बुढाथोकीको १ करोड २४ लाख क्षति भएको थियो । उनीहरुकै घरमा कपडा पसल गरेर बसेका रमेश कुमार खत्रीको ३५ लाख ३० हजार, बुढाथोकीकै घरमा डेरा गरि बस्ने सावित्रा माविका शिक्षक अब्दुल अहिम राईनको करीब ६२ हजार, तथा आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करीब ६ लाख क्षति भएको थियो ।

    यो पनी पढ्नुहोस

    अग्नी पिडितहरुलाई आर्थिक सहयोग

    माथी फोटोमा  : अग्नी पीडित शिक्षक कृष्ण कुमार श्रेष्ठलाईलाई सहयोग रकम हस्तान्तरण गर्नुहुदै प्रअ ध्यानबहादुर राई (बायाँ) तस्विर चिसाङ शेर्पा २०७५ मंसिर १० गते बिहान ११ : ४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology