चिसाङ शेर्पा खोटाङ
अग्नी पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । दिक्तेल बहुमुखी क्याम्पसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कका अग्नी पीडित तीन जनालाई आर्थिक सहयोग गरेको हो ।
कार्तिक २३ गते बिहान लागेको आगोले घर सहित सम्पुर्ण जलेर बिचल्लीमा परेका कृष्ण कुमार श्रेष्ठ र जानुका बुढाथोकी(अम्बिका/अस्मिताकी आमा)लाई जनही दश हजार र अर्का अग्नी पीडित रमेश कुमार खत्रीलाई पाँच हजार नगद सहयोग गरिएको दिक्तेल बहुमुखी क्याम्पसका लेखापाल चुडा बहादुर कार्कीले जानकारी दिए । अग्नी पीडितहरुलाई सोमबार रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रमा दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष देविप्रसाद रिजाल, सहायक क्याम्पस प्रमुख, प्राध्यापक तथा कर्मचारीहरुले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

आगलागीमा श्रेष्ठको १ करोड २५ लाख, अम्बिका/अस्मिता बुढाथोकीको १ करोड २४ लाख क्षति भएको थियो । उनीहरुकै घरमा कपडा पसल गरेर बसेका रमेश खत्रीको ३५ लाख ३० हजार, बुढाथोकीकै घरमा डेरा गरि बस्ने सावित्रा माविका शिक्षक अब्दुल अहिम राईनको करीब ६२ हजार, तथा आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करीब ६ लाख क्षति भएको थियो ।
यो पनि पढ्नुहोस
अग्नी पीडितलाई राहत रकम हस्तान्तरण
माथी फोटोमा :अग्नी पीडितलाई राहत रकम हस्तान्तरण गरिदै, २०७५ कार्तिक २७ गते दिउसो २ : ०६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology