चिसाङ शेर्पा खोटाङ,
अग्नी पीडितपरिवारलाई आर्थिक सहयोग गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका अग्नी पीडित कृष्ण कुमार श्रेष्ठ सहित अन्य दुई जनालाई आर्थिक सहयोग गरिएको हो ।

गत कार्तिक २३ गते बिहान तीनबजे एक्कासी लागेको आगोले दुई घर सहित सम्पुर्ण सामान जलेर बिचल्लीमा परेका पीडित परिवारमध्ये श्रेष्ठलाई सोमबार बिहान रत्नपार्कमा २ लाख ९१ हजार आर्थिक सहयोग गरिएको छ । खोटाङ उधोग वाणिज्य संघको ‘साधारण सदस्य प्रकोप विपत कोष’बाट सहयोग रकम हस्तान्तरण गरिएको हो । यसअघि वाणिज्य संघले सोही कोषबाट अग्नी पीडित परिवारलाई दश हजार आर्थिक सहयोग गरेको थियो ।
यसैविच, सिद्धलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले अग्नी पीडित आफ्ना साधारण सदस्यद्धय कपडा व्यवसायी रमेश कुमार खत्री र अग्नी पीडित श्रेष्ठका श्रीमती भावनादेवी श्रेष्ठलाई जनही ७ हजार ५ सय रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । अग्नी पीडित श्रेष्ठलाई उधोग बाणिज्य संघका कार्यवहाक अध्यक्ष रोहित कुमार सैंजु र भावनादेवी तथा कपडा व्यवसायी खत्रीलाई सिद्धलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छत्रकुमार बजिमयले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

आगलागीमा श्रेष्ठको १ करोड २५ लाख क्षति भएको थियो भने, अन्य आगलागी पीडित अम्बिका वुढाथोकी तथा अस्मिता बुढाथोकीको घर सहित सम्पुर्ण जल्दा १ करोड २४ लाखको क्षति भएको थियो । उनहरुकै घरमा कपडा पसल गरेर बसेका खत्रीको ३५ लाख ३० हजार, बुढाथोकीकै घरमा डेरा गरि बस्ने सावित्रा माविका शिक्षक अब्दुल अहिम राईनको करीब ६२ हजार, तथा आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करीब ६ लाख क्षति भएको थियो ।
अग्नी पीडित परिवारले सवैमा सहयोगको अपिल समेत गरेका छन् । सहयोग रकम हस्तान्तरण पछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एकमात्र अग्नी नियन्त्रक वारुण यन्त्र दमकल आगलागी भएको स्थानमा नपुग्दा आगोले धेरै क्षति गरेको बजारबासीको दुखेसो छ । चालक बाहिर भएको र चालक आएर चलाएर दमकल बेसक्याम पु-याउँदा आगो नियन्त्रणमा आईसकेकोले दमकललाई फर्काइएको नगरप्रमुख दिपनारायण रिजालले बताए । दमकलजस्तो संबेदनशील विषयमा समेत चालक दैनिकरुपमा तयारी राख्न नसक्दा नगरपालिकाको व्यापक आलोचना भइरहेको छ ।
माथी फोटोमा : अग्नी पीडितलाई राहत रकमको चेक हस्तान्तरण गरिदै, २०७५ कार्तिक २६ गते साँझ ७ : ३६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology