• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बृद्धबृद्धालाई ८५ हजार वढी सहयोग प्राप्त

बृद्धबृद्धालाई ८५ हजार वढी सहयोग प्राप्त


चिसाङ शेर्पा
  • आइतबार, असोज ७ २०७५

  • चिसाङ शेर्पा खोटाङ
    जेष्ठ नागरिक जिल्ला संघ खोटाङका बृद्धबृद्धालाई आर्थिक सहयोग प्राप्त भएको छ । धार्मिक भ्रमण एबं दर्शनमा निस्केका बृद्धबृद्धालाई ८५ हजार वढी आर्थिक सहयोग प्राप्त भएको छ ।


    धार्मिक भ्रमण एबं दर्शनमा निस्केका बृद्धबृद्धालाई खोटाङ घरभई काठमाण्डौ कर्मथलो बनाई रहेका समाजसेवी, राजनीतिज्ञ, कलाकारले सहयोग गरेका हुन् । दश दिने धार्मिक भ्रमणको समापन दिन आईतवार काठमाण्डौको राष्ट्रिय सभा गृह परिसरमा देबी गेलालले ५१ हजार १ सय, लोक गायक धर्मराज पोखरेलबाट २५ हजार ५ सय २५ र चन्द्र आचार्यबाट ९ हजार १ सय रुपैयाँ गरी ८५ हजार ६ सय २६ नगद प्राप्त भएको ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।


    भ्रमण समापनको दिनमा आर्थिक सहयोगीदाताले बृद्धबृद्धाहरुलाई दोसल्ला, खादा ओढाई सम्मान गरेको थियो । यसैगरी, टंक श्रेष्ठ र नेपाली कांग्रेस खोटाङका सभापती नरेश कुमार श्रेष्ठले दोसल्ला ओढाई सम्मान गरेका छन् । गत भदौ ३० गते जानकी मन्दिरमा फुलमाला लगाई स्वागत गरेको हलेसी सेवा समाजले सोही कार्यक्रममा बृद्धबृद्धालाई रुदाक्षको माला लगाई सम्मान तथा विदाई गरेका छन् । गत भदौ २९ गतेबाट धार्मिक भ्रमणमा निस्केका बृद्धबृद्धाहरु सोमबार घर फर्कदैछन् ।

    यो पनि पढ्नुहोस

    बृद्धबृद्धाहरुको धार्मिक भ्रमण सकियो (७ फोटो)
    क्याप्सन : बृद्धबृद्धाहरुलाई सहयोग रकम हस्तान्तरण गर्नुहुदै सहयोगीदाता तस्विर, चिसाङ २०७५ असोज ७ राती ८ :४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology