• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बृद्धबृद्धाहरुको धार्मिक भ्रमण सकियो (७ तस्विर)

बृद्धबृद्धाहरुको धार्मिक भ्रमण सकियो (७ तस्विर)

स्वर्गीय आनन्द महशुष


चिसाङ शेर्पा
  • आइतबार, असोज ७ २०७५

  • चिसाङ शेर्पा खोटाङ
    बृद्धबृद्धाहरुको दश दिने धार्मिक भ्रमण सकिएको छ । नेपालको मुख्य–मुख्य धार्मिक एबं ऐतिहासिक स्थलहरुको अवलोकन दर्शन गरी जेष्ठ नागरिक जिल्ला संघ खोटाङको ९५ जना बृद्धबृद्धाहरुको धार्मिक भ्रमण आईतबार सकिएको हो ।

     

    गत भदौ २९ गतेदेखी धार्मिक भ्रमण सुरुवात गरेका बृद्धबृद्धाहले भदौ ३० गतेबाट क्रमश धनुषामा रहेको जानकी मन्दिर, तनहुंको देवघाघधाम, रुपन्देहीको लुम्बिनी, म्याग्दीको गलेश्वरधाम मन्दिर, मुस्ताङको मुक्तिनाथ, बाग्लुङको कालिका भगवती मन्दिर, कास्कीको विन्ध्यावासिनी मन्दिर, गुप्तेश्वर महादेव मन्दिरको दर्शन एबं भ्रमण गरेको ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।


    बृद्धबृद्धाहरुले पोखरामा रहेको डेबिज फल (पाताले छाँगा), फेवाताल, तालवारही मन्दिर, चितवनको केवलकार, गोर्खाको मनकामना मन्दिर, काठमाण्डौको पशुपतीनाथ मन्दिर र नारायणहिटी दशरबारको अवलोकन गरेका छन् । बृद्धबृद्धाहरुको संघले निर्धारण गरेकोे महत्वपुर्ण स्थलहरु भ्रमण एबं दर्शनपछि औपचारिक रुपमा भ्रमण सकिएको संघका अध्यक्ष घिमिरेले घोषणा गरेका हुन् । खोटाङ घरभई काठमाण्डौ वसोवास गरीरहेका खोटाङगेहरुद्धारा राष्ट्रिय सभा गृह पसिरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा भ्रमण सकिएको घोषणा गरिएको हो ।


    धार्मिक भ्रमणका क्रममा विभिन्न ठाउँको अवलोकन गर्न पाउँदा आफू हर्षित भीम बहादुर घिमिरे खत्रीले बताए । हिमाली क्षेत्रमा नेपालीहरुको गौरवमय धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्दा स्वर्गीय आनन्द महशुष भएको भ्रमणमा संलग्न अर्का बृद्ध टेक बहादुर वस्नेतले बताए ।


    बृद्धबृद्धाहरुलाई नेपाली कांग्रेस खोटाङका जिल्ला सभापती नरेश कुमार श्रेष्ठ, समाजसेवी देवी गेलाल, लोक गायक धर्मराज पोखरेल, हलेसी सेवा समाजका पदाधिकारी लगायतले दोसल्ला, खादा, रुदाक्षको माला लगाई सम्मान गरेका थिए ।


    क्याप्सन : सम्मानपछि सामूहिक फोटो खिचाउदै बृद्धबृद्धाहरु तस्विर, चिसाङ २०७५ असोज ७ राती ८ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology