समायोजन खबर खोटाङ,
कञ्चनपुरका १३ वर्षका बालिका निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धमा छानबिन गर्न गठित सरकारी छानबिन समितिबाट राजीनामा दिनुभएका उपसचिव वीरेन्द्र केसी पुन समितिमा फिर्ता हुनुभएको छ । प्रदेश नम्बर–७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव केसीले आज राजधानीमा पत्रकार सम्मेलन गरी राजीनामा फिर्ता लिनुभएको हो ।
गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफलपछि उहाँ छानबिन समितिमै रहेर काम गर्न तयार हुनुभएको हो । समितिमा रहेर निर्मलाका हत्यारा पत्ता लगाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ । गत सोमबार उहाँले राजधानीमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नुभएको थियो । छानबिन समितिको म्याद थपिएकोप्रति असन्तु्ष्टि जनाउँदै उहाँले निर्मलाको आत्मा र उनका परिवारलाई न्याय दिन सक्ने अवस्था नदेखिएका कारण आफू जिम्मेवारीमा रहन असमर्थ रहेको बताउनुभएको थियो ।
२०७५ भदौ २७ साँझ ६ :४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology