• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मेरो आग्रह अब नकारात्मक होइन सकारात्मक सोच

मेरो आग्रह अब नकारात्मक होइन सकारात्मक सोच


समायोजन खबर
  • बुधबार, फाल्गुन १८ २०७३

  • चेतन पौडेल,टोकियो ,जापान


    मेरो आग्रह अब नकारात्मक होइन सकारात्मक सोच लिन ,छलकपट होइन ईमानदार बन्न , सोषण होइन सेवा गर्न ,भ्रम होइन यथार्थ खोल्न , लिन होइन दिन सिकौ ।हामीहरु एक मात्र चेतनशील प्राणी हैाँ । नजानेर गल्ति हुन्छ तर गल्ति स्वीकार गर्न सिकौ । समाज, संस्कार अनि वातावरणले हाम्रा बिचारहरु फरक हुन सक्छन किनकि हामि फरक वातावरणमा फरक व्यक्ति द्दारा प्रशिक्षित छौ तर सत्य माथि तर्क गरेर पछाडी पार्न नखोजौ ,सत्य सत्यय नै हुन्छ ।
    काठमांडूको धूलो धुवा ,बन्द हड़ताल ,बेरोजगारी विक्षिप्त मनलाई हलुका पॉर्न अनेक सपना र इच्छाहरुको चांग बनाएर ,२०१४ साल अक्टोबर २० तारिकमा मा जापन प्रवेश गरेको थिए ।
    नारिता विमानस्थल बाट झरेर जीवनको पहिलो पटक रेल चढेको थिए । मान्छेहरूको भीड भएपनि वातावरण शान्त त्यसमाथि नजर जोड़िदा साथ निहुरिएर स्वागत गर्ने जापानिजहरुको शैलीले वास्तवमै मेरो मन लोभिएको थियो । क्योसेन रोकाकोहिन माँ अवस्थित होस्टेल पाइप लाइन गयास लगायत सु-सम्पन्न सुबिधायुक्त जापानमा दैनिक दिनचर्या जिवन स्वचालित बिधुतिय उपकरण संग जोडिदै गयो । जापानीज भाषा अध्ययन गर्दै जापानीज माहोलमा घुलमिल हुदै थिएँ । व्यस्तता बाट केहि फुर्सद निकालेर कुरा गर्ने सोचका साथ घरमा फोन गर्दा फोन लागेन लगत्तै सामाजिक सञ्जाल ,अनलाइनमा एका एक दु :खद घटनाहरू आउन थाले । भुकम्पले मेरो देश छिया छिया पारेछ । म अत्तालिएँ धेरै साथीहरु सँग कुरा गरेँ । कुरा गर्ने क्रममा संतोष चोखाल सँग कुराकानी गर्दै थिएँ । उत्सुकताका साथ के कहाँ कसरी गर्न सकिन्छ जस्ता सकारात्मक तरंग आयो। अन्तत: तत्काल राहत भविष्यमा जापानवासी नेपाली बिधार्थीलाई केहि आहात पुर्याउन सकिन्छ भन्ने उद्देस्यले संतोष चोखाल ,समिर देव खनाल, संतोष घिमिरे ,संतोष सुनार , भूपेंद्र सापकोटा ,म लगायतले ,नेपाल जापान विधार्थी समाज जापानको स्थापना गर्दै राहत सङ्कलन अभियानमा जुट्यौ । थोर -धेर सहयोग गर्यौ । संस्थामा थोरै संख्या सक्रियता निकै ,दैनिक समुहमा छलफल ,हप्तामा भेटघाट एवमं बैठक ,सबैको एक मत यो नै विशेषता रह्यो । जापानमा रहेका नेपाली समुदायसँग घुलमिल पनि बाक्लिदैँ गयो । एन आर एन ए जापानको चुनावमा हामीले नगरे कसले गर्ने अभियानको नेतृत्वमा स्वयमंसेवक भएर जाँदै गर्दा उक्त अभियानका अन्तराष्ट्रिय संयोजक दिपक बाबु नेपाल सँग भेटघाट भयो । साँच्चिकै समाजसेवी दाईसँग को भेटले समुदायसँग घुलमिल हुने कला सिकायो । संस्थाको काम कुराहरु सँगै जापानमा रहेका संघ-संस्था सँगको हातेमालो अगाडि बढिरहयो म भने कता कता खिन्न हुन थालेँ । नेपाली दाजुभाइ सबैको लक्ष्य उस्तै-उस्तै रहे पनि सकारात्मक भन्दा नकारात्मक कुरामा आकर्षण बढ्दो ,ठूलाले सानालाइ माया पनि छैन ,सानाले ठूलालाई आदर गरेको पनि होइन, जापानमा रहेको संघ-संस्था भन्दा उपस्थित संख्या कम हुन्छ रपनि कार्यक्रममा प्रतिस्पर्धा भने घटेको छैन । दिन दुई गुणा रात चौगुणा कार्यक्रम आयोजना बढ्दो छ । यसै भन्दै गर्दा सबैका सबै कार्यक्रम उद्देश्यहिन छन् भन्न खोजेको पटक्कै होइन यही अनेसास , नेपाकेन, एम आर आर जापान जस्ता तारिफ़ गर्न योग्य संस्था पनि छन । हामीहरुको सामाजिक संजालमा उच्च पहुँच छ तर सदुपयोग भन्दा दुरुपयोग बढ्दो छ । नकारात्मक भ्रम फैलाएर सामाजिक सञ्जालमा सक्रियता कायम राख्नेको संख्या पनि बढीरहेको छ। राजनैतिक संगठनको संख्या, अवस्था अस्वस्थ प्रतिस्पर्धा पनि उस्तै छ। मेरो चिन्ता यहाँनिर हो, आखिर कहिले सम्म यो अवस्था रहन्छ ? बौद्धिक ब्यक्तित्वहरुको संख्या कम छैन तर किन उहाँहरु समाजमा आउन चाहनु हुदैन? किन मौन बसिरहनु भएको छ ? किन बौद्धिक युवाहरु मौन बसिरहेका छन ? अबको सोचनीय अनी खोजनिय अवस्था यहानिर छ, उहाँहरु वातावरणमा आउने अवस्था सिर्जना गर्न किन सकिरहेका छैनौ ? मेरो आग्रह अब नकारात्मक होइन सकारात्मक सोच लिन ,छलकपट होइन ईमानदार बन्न , सोशण होइन सेवा गर्न ,भ्रम होइन यथार्थ खोल्न , लिन होइन दिन सिकौ ।हामीहरु एक मात्र चेतनशील प्राणी हैाँ । नजानेर गल्ति हुन्छ तर गल्ति स्वीकार गर्न सिकौ । समाज, संस्कार अनि वातावरणले हाम्रा बिचारहरु फरक हुन सक्छन किनकि हामि फरक वातावरणमा फरक व्यक्ति द्दारा प्रशिक्षित छौ तर सत्य माथि तर्क गरेर पछाडी पार्न नखोजौ ,सत्य सत्यय नै हुन्छ । नजानेर कुनै फरक आउनु गल्ति हो ,जानी जानी गल्ति गर्नु अपराध हो तरपनि हामि अपराध छनोट गर्छौ किन ? हो साथीहरु अब जानी जानी गल्ति नगरौ । आफ्नो मनले आफु संग वाचा गरौ । तर्क होइन काम गरौ ,मिलेर समाज बनाऔँ ।

    लेखक नेपाल जापान विधार्थी समाजका महासचिव हुन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology