• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढी गाउँपालिका : फागुन मसान्तसम्म ३६ प्रतिशत वजेट खर्च

केपिलासगढी गाउँपालिका : फागुन मसान्तसम्म ३६ प्रतिशत वजेट खर्च


समायोजन खबर
  • बिहिबार, चैत्र ५ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले फागुन मसान्तसम्म ३६ प्रतिशत वजेट खर्च गरेको छ।

    बिहीबार सम्पन्न हिउँदे गाउँसभामा चालू आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन भएको कूल ५० करोड ७ लाख ५९ हजार ३७३ रुपैयाँ वजेटमा चालूतर्फ ४२.६ प्रतिशत र पुँजीगततर्फ २१.६५ प्रतिशत वजेट खर्च भएको जानकारी दिएको छ।

    गाउँपालिकाले फागुनसम्म ५७ प्रतिशत योजनाहरु सम्झौता गर्दा २९ प्रतिशत योजनाहरु फछ्र्यौट भएको प्रमुख प्रशासकीय अधिकृत सौ धन राईले जानकारी दिनुभयो। गाउँपालिकाले प्रक्षेपण गरेको वार्षिक ३५ लाख राजश्वमा फागुन मसान्तसम्म ७४.७८ प्रतिशत राजश्व संकलन भएको छ।

    गाउँसभाले अघिल्लो गाउँसभाबाट स्वीकृत भएका तथा विभिन्न कारण कार्यान्वयनमा नआएका वजेट तथा कार्यक्रमहरु संशोधन गरेको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो।
    यो पनि पढ्नुहोस,केपिलासगढी गाउँपालिकामा शिक्षामा सबैभन्दा बढी बजेट 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology