• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढी गाउँपालिकामा शिक्षामा सबैभन्दा बढी बजेट

केपिलासगढी गाउँपालिकामा शिक्षामा सबैभन्दा बढी बजेट

५० करोड ७ लाख ५९ हजार ३७३ रुपैयाँ


समायोजन खबर
  • सोमबार, असार ९ २०८२

  • समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५० करोड ७ लाख ५९ हजार ३७३ रुपैयाँ बजेट ल्याएको छ। असार ९ गते गाउँपालिकाको सभाहलमा भएको १७ औं गाउँसभामा उपाध्यक्ष गुरुराज राईले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

    गाउँपालिकालाई संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ७ करोड १ लाख, राजश्व बाँडफाँडबाट ८ करोड ५४ लाख ९ हजार ३७३ रुपैयाँ, सशर्त अनुदान २१ करोड २७ लाख, समपूरक अनुदान १३ करोड ४६ लाख, विशेष अनुदान ३ करोड १९ लाख बजेट प्राप्त हुने गाउँ सभामा जानकारी दिईएको छ।

    प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ६८ लाख ६४ हजार, राजश्व बाँडफाँड ५९ लाख ५ हजार, सशर्त अनुदान १ करोड ४७ लाख ८१ हजार, समपूरक अनुुदान १ करोड ६० लाख, आन्तरिक राजश्वबाट ३५ लाख र गत वर्षको मौज्दात ९० लाख बजेट प्राप्त हुने उपाध्यक्ष राईले बताउनुभयो।

    गाउँ सभाले आगामी आर्थिक वर्षका लागि चालूतर्फ ३१ करोड १० लाख ४० हजार ३७३ रुपैयाँ र पूजीगततर्फ १८ करोड ९७ लाख १९ हजार बजेट विनियोजन गरेको छ। सभाले शिक्षालाई समेट्ने सामाजिक विकासतर्फ २१ करोड ९७ लाख १४ हजार ५ सय, आर्थिक विकासतर्फ ३ करोड ६३ लाख ३३ हजार ५ सय, पूर्वाधार विकासतर्फ ११ करोड ३८ लाख ८० हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ६८ लाख दुई हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १२ करोड ४० लाख २९ हजार ३७३ रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौ धन राईले जानकारी दिनुभयो।

    गाउँपालिकाले शिक्षालाई पहिलो र त्यसपछि कृषिलाई प्राथमिकता दिएर ल्याएको बजेट गाउँ सभामा सर्वसम्मत रुपमा पारित भएको छ। गाउँसभामा गाउँपालिका अध्यक्ष समिर राईले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
    गाउँ सभाले तोरी खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले जि फाउण्डेसनसँगको साझेदारीमा निर्माण भईरहेको प्रशोधन केन्द्रलाई सर्वाजनिक निजि साझेदारी पीपीपी मोडेलमा सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ।
    फेदीलाई दुई वडा बनाउने प्रस्ताव पारित
    गाउँ सभाले गाउँपालिकाभित्रको सबैभन्दा ठूलो वडा फेदीलाई दुई वडा बनाउन वडाको पूनः संरचना गर्ने प्रस्ताव पारित गरेको छ। फराकिलो भूगोल, छरिएको वस्ती, असन्तुलित पूर्वाधार लगायतका विषयलाई सहज हुने गरी वडालाई पूनः संरचना गर्ने निर्णय भएकोे हो।

    प्रस्तावित वडाको क्षेत्रफल २४.२१ वर्ग मिटर हुने, प्रस्तावित नयाँ बन्ने वडाको जनसंख्या एक हजार तीन सय जना हुने र केन्द्र सुम्देमा राखिने प्रस्ताव गाउँ सभामा पारित भएको छ। प्रस्तावित वडाको सीमाना उत्तरमा साविक फेदीको वडा कार्यालय छमुवा खोला र पत्करु, दक्षिणमा तीन थुम्की साप्सु लहरेमाने र पूर्वमा मैयुङ हाँसपोखरी मात्तिमडाँडा र पश्चिममा लुदुमु खोल्सा रहने प्रस्ताव गाउँ सभामा पारित भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology