समायोजन खबर खोटाङ, प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले खोटाङका छ स्थानीय तहमा पहिलो मत प्राप्त गरेको छ। जिल्लाका दश स्थानीय तहमध्ये दुई नगरपालिका र चार गाउँपालिकामा उक्त पार्टीले प्रत्यक्षतर्फ पहिलो मत प्राप्त गरेको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चार हजार ४२१, हलेसी तुवाचुङ नगरपालिकामा दुई हजार ८३९, केपिलासगढी गाउँपालिकामा दुई हजार १८, ऐसेलुखर्क गाउँपालिकामा एक हजार २५०, साकेला गाउँपालिकामा ९७०, खोटेहाङ गाउँपालिकामा एक हजार ३७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
श्रम संस्कृतिसँग दिक्तेलमा एमाले, हलेसी तुवाचुङमा कांग्रेस, केपिलासगढीमा कांग्रेस, साकेलामा नेकपा, खोटेहाङमा एमाले दोश्रो भएको छ।। रावाबेशी गाउँपालिकामा कांग्रेस एक हजार १९० मत पाएर पहिलो हुँदा श्रम संस्कृति ४९८ मत ल्याएर चौथो भएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिकामा नेकपा एक हजार २८२ मतले पहिलो हुँदा एक हजार ८ मतले श्रम संस्कृति चौथोमा सिमित बनेको छ।
जन्तेढुंगा गाउँपालिकामा एक हजार २१० मत ल्याएर एमाले पहिलो बन्दा श्रम संस्कृति एक हजार १६१ मतले ल्याएर दोश्रो बनेको छ भने वराहपोखरी गाउँपालिकामा एक हजार १३१ मत ल्याएर कांग्रेस पहिलो बन्दा एक हजार ६९ मत ल्याउदै श्रम संस्कृति दोश्रो बनेको छ।
एक निर्वाचन क्षेत्र रहेको खोटाङमा एक लाख ४७ हजार १२० जना मतदातामध्ये ६२ हजार ५६६ जनाले मतदान गरेका थिए। ५८ हजार ६३८ मत सदर भएको थियो। यहाँ १३ दलसहित दुई स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुँदा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई १६ हजार ६१२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
श्रम संस्कृतिले समानुपातिकतर्फ पनि पहिलो मत १८ हजार १३७ मत प्राप्त गरेको छ।
यो पनि पढ्नुहोस,३० वर्षीय आरेन राई बने सांसद,को हुन् आरेन
यो पनि,खोटाङमा ११ जना उम्मेदवारको जमानत जफत
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology