• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा ११ जना उम्मेदवारको जमानत जफत

खोटाङमा ११ जना उम्मेदवारको जमानत जफत


समायोजन खबर
  • आइतबार, फाल्गुन २४ २०८२

  • स्वतन्त्र उम्मेदवार राजकुमार राई

    समायोजन खबर खोटाङ, खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्नसँगै ११ जना उम्मेदवारको जमानत जफत भएको छ।

    जमानत जफत हुनेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सुनिल चाम्लिङ, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ध्यानप्रसाद ढकाल, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार प्रयाग राईको जमानत जफत भएको छ।

    यस्तै, राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राई, मितेरी पार्टी नेपालका उम्मेदवार केशरमान चाम्लिङ, नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवार चन्द्र बहादुर बुढाथोकी, जनता समाजवादी पार्टीका उम्मेदवार राकेश राई, स्वतन्त्र उम्मेदवार तिलकचन्द्र राई र राजकुमार राईको जमानत जफत भएको हो।

    निर्वाचन कानुन अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था छ। निर्वाचन क्षेत्र एउटा मात्रै रहेको खोटाङमा १ लाख ४७ हजार १२० जना मतदाता रहेकामा ६२ हजार ५६६ खसेको थियो । यहाँ ५८ हजार ६३८ मत सदर भएको छ भने ३ हजार ९२८ मत बदर भएको छ।

    खोटाङमा जमानत जोगाउन ५ हजार ८६३ भन्दा बढी मत प्राप्त गर्नुपर्ने थियो। तर, ११ जना उम्मेदवारले त्यो मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो। उम्मेदवारी दर्ता गर्दा राखिएको रकम जफत भएपछि सो रकम राज्यकोषमा जाने कानुनी प्रावधान रहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology