• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गर्भपतन गराएको आरोपमा पक्राउ परेकी महिला कारागार चलान

गर्भपतन गराएको आरोपमा पक्राउ परेकी महिला कारागार चलान


समायोजन खबर
  • सोमबार, भाद्र ९ २०८२

  • फाइल तस्विर।

    समायोजन खबर खोटाङ,गर्भपतन गराएको आरोपमा पक्राउ परेकी महिला कारागार चलान चलान भएकी छन्।

    औषधि सेवन गरी १७ हप्ताको गर्भपतन गराएको आरोपमा पक्राउ परेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी २२ वर्षीया महिला आइतबार जिल्ला कारागार दिक्तेल चलान भएको हो।

    उनीसँगै पक्राउ परेका उनका सहयोगी खाल्लेकै ४० वर्षीया महिला र २३ वर्षीय पुरुष तथा गर्भपतन गराउने औषधि विक्री गर्ने दिक्तेलबजारस्थित ॐ हलेसी मेडिकेयर क्लिनिक सञ्चालक प्रतिव्यक्ति डेढ लाख धरौटीमा आइतबार नै छुटेका छन्।
    जिल्ला अदालतले गर्भपतन गराएको आरोपमा पक्राउ परेकी महिलालाई दुई लाख र अन्यलाई डेढ लाख धरौटी खोले पनि धरौटी रकम राख्न नसक्दा महिला कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए।

    मिश्रका अनुसार स्थानीयहरुबाट आएको जानकारीको आधारमा र घट्नास्थलमा गर्भपतन गराएको भेटिएपछि महिला र उनका सहयोगी दुई जनालाई साउन २३ गते बिहान खाल्लेबाट पक्राउ गरिएको थियो। गर्भपतन गराउने औषधि विक्री गर्ने मेडिकल व्यवसायीलाई साउन २९ गते मेडिकलबाट पक्राउ गरिएको थियो।

    यो पनि पढ्नुहोस,दिक्तेलका फार्मेसी,क्लिनिकमा अबैध धन्दा:हुन्छ भिडियो एक्सरे,फर्मासिष्टबिना औषधि विक्री

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology