समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीमा तोरी पेल्ने मिल सञ्चालनमा आएको छ। वडा कार्यालय नजिकै डेरा बनाएर विधुतीय तोरी पेल्ने मिल बुधबारबाट सञ्चालनमा आएको हो।
वडा कार्यालय बासपानीको आर्थिक वर्ष २०८१/०८२ को ६ लाख बजेटभित्रबाट मिल खरीद गरेर सञ्चालनमा ल्याईएको बासपानीका वडाध्यक्ष तुलाराम राईले बताए।
वडाध्यक्ष राईका अनुसार ४ लाख ७० हजारमा मिल खरीद गरिएको हो। मिल वडासम्म ल्याउन, जडान गर्न, तार किन्न, मिल राख्ने स्टेन बनाउन, डेरा बनाउन लगायत गरेर ७ लाख हाराहारी खर्चमा मिल सञ्चालनमा आएको छ।
मिल बासपानीका रेवधन लिम्बुले सञ्चालन गर्नेछ। उनले मिल सञ्चालन गरे वापत वडा कार्यालयलाई ६० प्रतिशत दिनुपर्ने र आफूले ४० प्रतिशत पैसा राख्न पाउनेछन्।
गाउँपालिकाले तोरी खेतीलाई व्यापक प्रवद्र्धन गर्दै उत्पादन समेत भईरहेको भए पनि तेल पेल्न समस्या भएकाले मिल सञ्चालनमा ल्याईएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology