समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल बहुमुखी क्याम्पसमा कार्यरत लेखापाल र सहायक प्राध्यापक सम्मानित भएका छन्।
छैठौँ क्याम्पस सभाको अवसरमा शनिबार बिहान लेखापाल चुडाबहादुर कार्की र प्राध्यापक संजीव थापा सम्मानित भएका हुन्। क्याम्पसको सभाहलमा लेखापाल कार्कीलाई नगद चार हजार र सहायक प्राध्यापक थापालाई नगद पाँच हजारसहित कदर पत्रले सम्मान गरिएको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी कार्की २०५१ मंसिर १ गतेबाट क्याम्पससँग आवद्ध भई २०७९ फागुन १ गतेबाट लेखापालको भूमिकामा कार्यरत छन्। सोही नगरपालिका–२ दिक्तेलका थापा २०७५ कात्र्तिक २२ गतेदेखि जेष्ठ १ गतेसम्म आंशिक र जेष्ठ १ गतेपछि पूर्णकालिन सहायक प्राध्यापकको रुपमा कार्यरत छन्।
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त क्याम्पसलाई लेखापालको रुपमा पु¥याएको उत्कृष्ट योगदानको उच्च सम्मान गर्दै कार्की र व्यवस्थापन सङकायमा क्याम्पसलाई पु¥याएको उत्कृष्ट योगदानको उच्च सम्मान गर्दै थापालाई सम्मान गरिएको दिक्तेल बहुमुखी क्याम्पस प्रमुख हिराकुमार राईले बताए।
कार्की र थापालाई क्याम्पस प्रमुख राई, क्याम्पस सञ्चालक समिति अध्यक्ष दुर्गाजयन्ती राई र प्रतिनिधिसभा सदस्य रामकुमार राई(पासाङ)ले सम्मान गरेका थिए।
२०३७ सालमा स्थापना भएको जिल्लाकै पूरानो दिक्तेल बहुमुखी क्याम्पसलाई लगभग आठ वर्षको प्रयत्नपछि विश्वविद्यालय अनुदान आयोगको बोर्डले २०८० पुष १९ गते क्युएए दिने निर्णय गरेको थियो। बोर्डले माघ १२ गते काठमाण्डौमा भएको विशेष समारोहमा बोलाएर क्याम्पसलाई क्युएएको प्रमाणपत्र प्रदान गरेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology