• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढीमा कृषि संकलन केन्द्र,कृषकबाट उद्घाटन

केपिलासगढीमा कृषि संकलन केन्द्र,कृषकबाट उद्घाटन


समायोजन खबर
  • शुक्रबार, असोज १८ २०८१

  • कृषि संकलन केन्द्रको उद्घाटन गरिदैं। तस्वीर,केपिलासगढी गाउँपालिका

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले कृषि संकलन केन्द्र स्थापना गरेको छ। गाउँपालिकाको कृषि शाखासँगै जोडिएको पालिकाको भवनमा कृषि संकलन केन्द्र स्थापना गरेको हो।

    कृषि संकलन केन्द्रको असोज १६ गते अगुवा कृषक हरिप्रसाद राई र सावित्रा खड्काले उदघाटन गर्नुभएको थियो। गाउँपालिकाले केही महिना अघि ५९ किसिमका कृषि उपजहरुको मूल्य निर्धारण गरेपछि संकलन केन्द्रको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ।

    गाउँपालिकाभित्र कृषि क्षेत्रको उत्पादनमा वृद्धि गर्न, उत्पादन भएका कृषि उपजहरुको बजार सुनिश्चित गर्न तथा समग्र कृषि क्षेत्रकै बिकास गरी कृषकहरूको आयआर्जनमा वृद्धि गर्न संकलन केन्द्रको स्थापना गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो।

    कृषकहरुको कृषि उपजहरुले बजार नपाएको खण्डमा गाउँपालिकाले तोकेको मुल्यमा कृषि संकलन केन्द्रमार्फत संकलन गर्छौ। त्यसपछि उक्त कृषि उपजहरु अन्य स्थानमा सप्लाई गरिदिन्छौ। गाउँपालिका अध्यक्ष राईले भन्नुभयो,‘अब किसानको कृषि उपज बजारमा विक्री नभए पनि कुहिर जाने छैन। गाउँपालिकाले खरीद गर्छ किसानले त्यसको मुल्य पाउनुहुन्छ।’ हेर्नुहोस कृषि उपजको पालिकाभित्रको दररेट

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology