Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढीमा उत्कृष्ट प्रअ र शिक्षक पुरस्कृत

केपिलासगढीमा उत्कृष्ट प्रअ र शिक्षक पुरस्कृत


समायोजन खबर
  • बुधबार, असोज २ २०८१

  • सामूहिक तस्विरमा पुरस्कृत शिक्षक र अतिथिहरु।

    समायोजन खबर खोटाङ, केपिलासगढी गाउँपालिकाले उत्कृष्ट दुई जना प्रधानाध्यापक र उत्कृष्ट तीन जना शिक्षकलाई पुरस्कृत गरेको छ।

    बुधबार शिक्षा दिवसका अवसरमा पृथ्वी मावि बाक्सिलामा कार्यक्रम गरेर माध्यमिक तहतर्फ जालपा मावि पिपलडाँडा बाक्सिलाका प्रधानाध्यापक रेश कुमार खत्री र आधारभूत तहतर्फ लालीगुराँस आधारभूत विद्यालय फेदीका प्रधानाध्यापक गौ बहादुर राईलाई पुरस्कृत गरेको हो।

    यस्तै, मावि तहको उत्कृष्ट शिक्षकमा पृथ्वी मावि बाक्सिलाका चण्डी प्रसाद रिमाल, आधारभूत तहको उत्कृष्ट शिक्षकमा पृथ्वी माविकै मालती राजभण्डारी र आधारभूत तहमै थर्पुडाँडा मावि सप्तेश्वरका ममिता राई उत्कृष्ट शिक्षक छनौट भएकी छन्।

    मावितर्फ एसईईको नतिजाका आधारमा र आधारभूततर्फ अनुशासित, नियमितता र कार्य सम्पादनका आधारमा उत्कृष्ट छनौट गरिएको शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिए।

    उत्कष्ट प्रअ र शिक्षकलाई कोशी प्रदेशका पूर्वमन्त्री राजन राई र गाउँपालिका अध्यक्ष समिर राईले जनही दश हजारसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उक्त गाउँपालिकामा सामुदायिकतर्फ ९ वटा मावि र ५ वटा आधारभूत विद्यालय रहेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology