Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा

केपिलासगढी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा


समायोजन खबर
  • बुधबार, जेष्ठ ३० २०८१

  • समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ।

    चालू आर्थिक वर्ष २०८०/२०८१ मा १६ महिनादेखि ५९ महिना उमेर समूहका १५६ जना बालबालिकालाई सरकारले उपलब्ध गराउने १३ वटा नियमति खोप लगाईएको सुनिश्चित भएपछि बुधबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो।
    पालिकाभरी घरधुरी सर्वेक्षण गर्दा कुनै पनि बालबालिका खोप पाउनबाट बञ्चित नभएको गाउँपालिकाले जनाएको छ।

    गाउँपालिका अध्यक्ष समिर राईको अध्यक्षतामा बाक्सिलास्थित कबर्डहलमा भएको पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा कार्यक्रममा संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समिति प्रमुख एवंम जिल्ला खोप समन्वय समिति संयोजक सन बहादुर राई, गाउँपालिका उपाध्यक्ष गुरुराज राई, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चौलागाई लगायतको उपस्थिति थियो।

    यसैबीच, पूर्ण खोप सुनिश्चितता कार्यक्रमकै अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रगत दान गरेका छन्। गाउँपालिकाको आयोजना तथा रेडक्रस खोटाङको प्राविधिक सहयोगमा संकलन गरिएको उक्त रगत, रक्त संचार केन्द्र दिक्तेलमा ल्याईएको छ।

    यसअघि, साकेला गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेशी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएकोे स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईले बताए।

    https://www.facebook.com/samayojankhabar/videos/338061759144318

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology