समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकामा पहिलो पटक दुईदिने बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम राखिएको छ। ‘प्राङगारिक खेती कृषकको शान, व्यवसायिक कृषकहरुलाई हाम्रो सम्मान’ भन्ने नारासहित गाउँपालिका स्तरीय कृषि मेला प्रदर्शनी राखिएको हो।
जि फाउण्डेसन र केपिलासगढी गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग साथै केपिलासगढी गाउँपालिका र सिर्जनशील भरिया समाजको संयुक्त आयोजनामा पृथ्वी उच्च मावि बाक्सिलाको प्राङगणमा बुधबार र बिहीबारका लागि कृषि मेला प्रदर्शनी गरिएको कृषि सेवा शाखाका प्राबिधिक सहायक साइमन गुरुङले बताए।
कृषि मेला प्रदर्शनीमा तरकारी वाली, मसला वाली, लहरे तथा कोषे वाली, तेलहन वाली, रैथाने वाली, फलफूल वाली लगायतका वालीभित्र पर्ने २८ किसिमका कृषि उपज कृषकले प्रदर्शनीमा ल्याएका छन्।
१४१ जना कृषकहरुले काउली, बन्दा, ब्रो काउली, मुला, गाँजर, रायो, गोलभेडा, फर्सी, आलु, सुन्तला, कागती, किवी, निबुवा, लसुन, धनिया, अदुवा, अलैची, बेसार, अकबरे खुर्सानी, केराउ, सिमि, तितेकरेला, तोरी, रुख टमाटर, स्कुसको जरा, घर तरुल, सिमल तरुल लगातयका कृषि उपज प्रदर्शनीका लागि दर्ता गराएका छन।
कृषि मेला प्रदर्शनीको गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले दिप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएको थियो। कृषि प्रदर्शनीमा उत्कृष्ट भएका कृषकलाई आवतजावत खर्च र कृषि औजार वितरण गरिने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो। गाउँपालिका स्तरीय कृषि मेला प्रदर्शनी पहिलो पटक गरिएको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology