समायोजन खबर खोटाङ, खोटाङको दिक्तेलबजारमा पहिचानवादीले आईतबार दिउँसो विरोध जुलुस निकालेका छन्।
आज बिहान यातायात बन्द गराउने क्रममा प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङ संयोजक युगसन किरातसहित आठजना पहिचानवादी नेता पक्राउ गरेपछि बिना शर्त रिहाइको माग गर्दै विरोध जुलुस निकालेका हुन्।
प्रहरीले किरातसहित निर्मल राई, लक्ष्मी राई, संगीता किरात, मेलिना राई, सोनामहाङ राई, सुनिल राई, उपार्जुन चाम्लिङ राईलाई रत्नपार्कबाट धरपकडसहित पक्राउ गरेका थिए। पहिचानवादी आन्दोलनकारी महिलालाई पुरुष प्रहरीहरुले जर्वजस्ती गरेर गाडीमा हाल्दै गरेको भिडियोमा देखिएको छ।
रत्नपार्कको जिरोप्वइन्टबाट सुरु भएको विरोध जुलुसमा कोशी प्रदेश खारेज गर, हाम्रो आन्दोलन जारी छ, गोपाल किराती हाई–हाई, पहिचान विरोधी होसियार, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाएका छन्।
एमालेको संकल्प यात्रालाई प्रतिरोध गर्न मंसिर २६ गतेदेखि उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म गरिएको अनिश्चितकालिन यातायात बन्दलाई सफल बनाउन निस्केका पूर्व संस्कृति मन्त्री गोपाल किराती र संघर्ष समिति झापा संयोजक पाण्डपलाल चौधरी लगायत खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुरबाट पक्राउ परेका ३५ नेताहरुलाई सरकारले नछाडेपछि प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले शनिबार र आईतबार प्रदेशभरी यातायात बन्द घोषणा गरेको थियो।
बन्दका कारण खोटाङमा हिजो र आज यातायात ठप्प छ ।हेर्नुहोस भिडियो
https://www.facebook.com/watch?v=1389576834982290
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology