• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ संघर्ष समिति संयोजक किरातसहित आठजना पहिचानवादी नेता पक्राउ

खोटाङ संघर्ष समिति संयोजक किरातसहित आठजना पहिचानवादी नेता पक्राउ


समायोजन खबर
  • आइतबार, पौस १ २०८०

  • पक्राउ परेका पहिचानवादी नेताहरुलाई गाडीमा हालेर जिल्ला प्रहरी कार्यालयतर्फ लैजाँदै प्रहरी ।

    समायोजन खबर खोटाङ, प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङ संयोजक युगसन किरातसहित आठजना पहिचानवादी नेताहरु पक्राउ परेका छन्।
    प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले हिजो र आज प्रदेशभरी यातायात बन्द घोषणा अन्तर्गत दिक्तेलको रत्नपार्कमा आईतबार बिहान यातायात बन्द गराउने क्रममा खोटाङ संयोजक किरातसहितका नेताहरु पक्राउ परेका हुन्।
    खोटाङका डिएसपी पुरुषोत्तम खड्काका अनुसार संघर्ष समिति संयोजक किरातसहित निर्मल राई, लक्ष्मी राई, संगीता किरात, मेलिना राई, सोनामहाङ राई, सुनिल राई, उपार्जुन चाम्लिङ राई छन् ।
    दिप्रुङबाट दिक्तेल हुँदै काठमाण्डौ जाने गाडीको पहिचानवादी नेताहरुले रत्नपार्कमा चाँबी खोसेपछि र प्रहरीसँग भनाभन भएपछि उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीले पहिचानबादी नेताहरुलाई जर्वजस्ती धकेलाधकेल गरेर गाडीमा हालेको र गाडीभित्र बसेका महिला प्रहरीले पहिचानवादीको झण्डालाई फालेको दृश्य समायोजन खबरले खिचेको भिडियोमा देखिन्छ।पहिचानवादीले रोकेका गाडीलाई प्रहरीले स्कटीङमा गन्तब्यतर्फ पठाएको छ।
    एमालेको संकल्प यात्रालाई प्रतिरोध गर्न मंसिर २६ गतेदेखि उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म गरिएको अनिश्चितकालिन यातायात बन्दलाई सफल बनाउन निस्केका पूर्व संस्कृति मन्त्री गोपाल किराती र संघर्ष समिति झापा संयोजक पाण्डपलाल चौधरी लगायत खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुरबाट पक्राउ परेका ३५ नेताहरुलाई सरकारले नछाडेपछि प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले शनिबार र आईतबार प्रदेशभरी यातायात बन्द घोषणा गरेको थियो।
    बन्दका कारण खोटाङमा हिजो र आज यातायात ठप्प छ। हेर्नुहोस भिडियो

    https://www.facebook.com/samayojankhabar/videos/897023521638577

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology