• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहिचानको आन्दोलनमा प्रहरीले गरेको ज्यादतिप्रति गठबन्धन दलको भत्र्सना

पहिचानको आन्दोलनमा प्रहरीले गरेको ज्यादतिप्रति गठबन्धन दलको भत्र्सना


समायोजन खबर
  • शुक्रबार, असोज ५ २०८०

  • समायोजन खबर खोटाङ,कोशी प्रदेशका खानेपानी, सिंचाई, उर्जा तथा स्वास्थ्य मन्त्री तिलककुमार मेन्याङवोलाई पहिचान पक्षधर युवाले शान्तिपूर्ण विरोध स्वरुप कालो झण्डा देखाउने क्रममा भएको प्रहरी ज्यादतिप्रति खोटाङका गठबन्धन घटक दलले भत्र्सना गरेको छ।

    गठबन्धन घटक दल नेपाली कांग्रेसका सभापति विष्णुकुमार राई, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दिपक पाण्डे“आकाश”, जनता समाजवादी पार्टी अध्यक्ष पिके खम्बु र नेकपा एकीकृत समाजवादीका अध्यक्ष जलशेर राईले हस्ताक्षर गरी शुक्रबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा डिएसपी पुरुषोत्तम खड्का सम्मिलित प्रहरी टोलीले गरेको ज्यादतिको भत्र्सना गरेको हो।

    प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समिति खोटाङ र संघर्ष समितिको युवा परिचालन समिति खोटाङको तर्फवाट मन्त्री मेन्याङवोलाई कालो झण्डा देखाएका निःशस्त्र आन्दोलनकारीहरुमाथि धरपकड गरी निर्घात कुटपिट गरेको घट्ना निन्दनीय छ । जिल्लाको शान्तिसुरक्षाको जिम्मा लिएका जिम्मेवार व्यक्ति स्वयंमले दिनदहाडै निःशस्त्र नागरिकमाथि लछारपछार गर्ने तथा लाठी चार्ज गर्ने कार्य निन्दनीय छ। विज्ञप्तिमा भनिएको छ।

    खोटाङ प्रहरी प्रमुखको जिम्मा लिएर आएको दुई दिनपनि नवित्दै डिएसपी खड्काको नेतृत्वमा गरिएको यस्ता किसिमको हर्कतले जिल्लामा शान्तिसुरक्षा कायम हुने कुरामा थप अविस्वास सिर्जना भएको जनाईएको छ । जिल्लामा हुने सबै किसिमको कार्यक्रमको शान्तिसुरक्षाको व्यवस्थापन गर्ने निकायका प्रमुख भएर आँफै अमर्यादित हिसाबले प्रस्तुत हुने सुरक्षाकर्मीका प्रमुख खड्काले सुरक्षाको प्रत्याभूति गराउन नसक्नु आफैमा दुःखद विषय हो। विज्ञप्तिमा भनिएको छ। आगामी दिनमा यस्तो कमजोरी नगर्न,नगराउन तथा आन्दोलनकारीलाई संयमता अपनाउन विज्ञप्तिमाफर्त गठबन्धनले आग्रह गरेको छ।

    बिहीबार बिहान जिल्ला अस्पताल अनुगमन तथा निरीक्षणपछि फर्किदै गरेका मन्त्री मेन्याङवोलाई पहिचान पक्षधरले अस्पतालको गेटमै कालो झण्डा देखाएपछि पहिचान पक्षधर र प्रहरीबिच झडप भएको थियो। झडपमा प्रहरीले आन्दोलनकारीलाई लछारपछार गर्दै लाठी चार्ज गरेको देखिन्छ। सार्वजनिक भिडियोमा डिएसपी खड्का नै लाठी बोकेर आन्दोलनकारीलाई लखेटिरहेको देखिन्छ।

    यसैविच,पहिचानपक्षधरले खोटाङका डिएसपी खड्कासहित प्रहरी जवानलाई कारबाहीको माग गर्दै आज शुक्रबार प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई ज्ञापनपत्र बुझाएका छन्। डिएसपी खड्कासहित संलग्न प्रहरी जवानलाई छानविन गरी कारवाही नभएर जस्तोसुकै आन्दोलनको तयारी गर्न बाध्य हुने ज्ञापनपत्रमा भनिएको छ। नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवरपरासीबाट २ असोजमा खोटाङ आएका प्रनाउ खड्का दुई दिनमै विवादमा तानिएका हुन्।
    यो पनि पढ्नुहोुस, पहिचान पक्षधरद्धारा डिएसपीसहित प्रहरी जवनामाथि कारबाहीको माग

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology