• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहिचान पक्षधरद्धारा डिएसपीसहित प्रहरी जवानमाथि कारबाही माग

पहिचान पक्षधरद्धारा डिएसपीसहित प्रहरी जवानमाथि कारबाही माग


समायोजन खबर
  • शुक्रबार, असोज ५ २०८०

  • प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति संयोजक युगसन किरात प्रजिअ सन्त बहादुर सुनारलाई ज्ञापनपत्र बुझाउँदै।

    समायोजन खबर खोटाङ, पहिचानपक्षधरले खोटाङका डिएसपी पुरुषोत्तम खड्कासहित प्रहरी जवानलाई कारबाहीको माग गरेको छ।

    कोशी प्रदेशका खानेपानी, सिंचाई, उर्जा तथा स्वास्थ्य मन्त्री तिलककुमार मेन्याङवोलाई बिहीबार बिहान जिल्ला अस्पताल गेटमा कालो झण्डा देखाउने क्रममा बल प्रयोग गरी सार्वजनिक स्थानमा आन्दोलनकारीलाई निर्घात कुटपीट गरेको भन्दै डिएसपी खड्कासहित प्रहरी जवानहरुलाई छानबिन गरी कारबाही माग गरेको हो।

    शुक्रबार प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति संयोजक युगसन किरातले प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई ज्ञापनपत्र बुझाउँदै नागरिकको शान्तिपूर्ण रुपमा आफ्नो धारणा राख्ने अधिकारमाथि जबरजस्त बल प्रयोग गरी निर्घात कुटपीट गर्ने डिएसपीसहित प्रहरी जवानहरुमाथि यथासिघ्र छानविन गरी कारबाहीको माग गरेका हुन्।
    हाम्रो मागलाई बेवास्ता गरिए हामी जस्तोसुकै आन्दोलनको तयारी गर्न बाध्य हुनेछौ। त्यसबाट उत्पन्न सबै परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय जवाफदेही हुने समेत सार्वजनिक गर्न चाहान्छौ। विज्ञप्तिमा भनिएको छ।
    आदिम किरात इतिहास, सभ्यता, पहिचान र अस्तित्व नै नामेट गराउन राज्यले गरेको गम्भीर षडयन्त्र भएकाले यसको रक्षाको खातिर भईरहेको आन्दोलनलाई समर्थन गरी विभेदरहित समतामुलक समाज निर्माणका लागि सहयोग गर्न पहिचानपक्षधरले सबैलाई अपिल गरेको छ।

    केन्द्रीय संघर्ष समितिले तयार पारेको विरोधका सम्पूर्ण कार्यक्रम यथावत रहेको र उक्त कार्यक्रम अनुसार १ नम्बर प्रदेशको नामाङ्कन नभइन्जेलसम्म कोशीमा हष्ताक्षर गर्ने ८२ सांसदलाई खोटाङ जिल्ला प्रवेश नगर्न आग्रह गरिएको प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति संयोजक किरातले बताए। ज्ञापनपत्र बुझ्दै प्रजिअ सुनारले हिजोको घट्नाले आन्दोलनकारीमा केही समस्या, अफ्ठयारा भएमा त्यसप्रति क्षमा मागेका छन्। हेर्नुहोस विज्ञप्ति

    यसैविच, प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले हिजो प्रेस विज्ञप्ति जारी गर्दैै शान्तिपूर्ण आन्दोलनमा आन्दोलनकारीमाथि भएको प्रहरी धरपकडको भत्र्सना गरेको थियो।
    यो पनि पढ्नुहोस, स्वास्थ्यमन्त्री मेन्याङवोलाई अस्पतालको गेटमै पहिचानवादीले कालो झण्डा देखाए
    सम्बन्धित समाचार,स्वास्थ्य मन्त्रीसँगै छैन जिल्ला अस्पतालमा स्थायी डाक्टर पठाउने यक्किन जवाफ

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology