Samayojan khabar

Advertisment

SKIP THIS

एसईईमा उत्कृष्ट हुनेलाई एक/एक लाख,बुहारी विधार्थीलाई स्टेशनरी र पोशाक

एसईईमा उत्कृष्ट हुनेलाई एक/एक लाख,बुहारी विधार्थीलाई स्टेशनरी र पोशाक


समायोजन खबर
  • मंगलबार, असोज २ २०८०

  • पुरस्कृत तथा सम्मानित प्रअका साथमा गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, प्रमुख प्रशासकीय अधिकृत बोम बहादुर परियार लगायत।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट अंक ल्याउने विधार्थीलाई नगद पुरस्कार वितरण गरेको छ। गाउँपालिकाभरीको सामुदायिक विधालयबाट शैक्षिक सत्र २०७९ मा एसईई दिएकामध्ये उत्कृष्ट अंक ल्याउने एक/एक छात्रछात्रालाई पुरस्कार वितरण गरेकोे हो।

    गाउँपालिकाको सभाहलमा मंगलबार ४१ औं शिक्षा दिवसको अवसर पारी २.८ जिपिए ल्याएकी थर्पुडाँडा मावि सप्तेश्वरकी आस्था राईलाई नगद एक लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । थर्पुडाँडा मावि सप्तेश्वरका सुजन कार्की र पृथ्वी मावि बाक्सिलाका आलोक राईले बराबर(३.०जिपिए) ल्याएकाले छात्रले पाउने एक लाखलाई आधाआधा गरी ५०/५० हजार र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले बताए। पुरस्कार थाप्न विधार्थीहरु नै गाउँपालिका आएका थिए।एसईईमा उत्कृष्ट अंक ल्याउने आस्था राईलाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई ।

    गतवर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने थर्पुडाँडा मावि सप्तेश्वरका रेडस्टार राई(२.९०जिपिए)र पृथ्वी मावि बाक्सिलाका युनिशा राई(२.८५जिपिए)लाई नगद एक/एक लाख प्रदान गरिएको थियो। गाउँपालिकाले आर्थिक वर्ष २०७९/२०८० देखि नीति तथा कार्यक्रम बनाएर एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई नगद पुरस्कार दिंदै आएको छ। उत्कृष्ट विधार्थीलाई गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, प्रमुख प्रशासकीय अधिकृत बोम बहादुर परियार, शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले पुरस्कार वितरण गर्नुभएको थियो।उत्कृष्ट प्रअ रण बहादुर राईलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई ।

    विधार्थीहरुलाई सामुदायिक विधालयमा पढ्न अझ अभिप्रेरित गर्ने लक्ष्य र प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो। यस्तै, माध्यमिक विद्यालयमध्ये नतिजाको आधारमा पृथ्वी मावि बाक्सिलाका प्रधानाध्यापक रण बहादुर राई उत्कृष्ट प्रअ घोषित भएका छन्। उत्कृष्ट प्रअ राईलाई नगद दश हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको  ।
    बुहारी विधार्थीलाई स्टेशनरी र पोशाक
    कार्यक्रमको अवसरमा गाउँपालिकाले शैक्षिक सत्र २०८० मा भर्ना भएका दश जना बुहारी विधार्थीमध्ये छ जनालाई आज एक/एक दर्जन कापी र कलम वितरण गरेको छ।बुहारी विधार्थीलाई स्टेशनरी वितरण गर्दै गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई लगायत ।

    पृथ्वी मावि बाक्सिलामा कक्षा ११ मा अध्ययनरत विमला अधिकारी, बुधमाया वस्नेत, शान्तीकला राई, पुष्पा विश्वकर्मा, पृथ्वी मावि बाक्सिलामै कक्षा १२ मा अध्ययनरत लक्ष्मी पौडेल र राष्ट्रिय मावि बासपानीमा कक्षा १० मा अध्ययनरत पुजा राईलाई स्टेशनरी र पोशाक सिलाउनलाई कपडा वितरण गरिएको हो। अन्य चारजना बुहारी विधार्थीहरु सम्पर्कमा नआएको र आएपछि उनीहरुलाई पनि सोही अनुसारका सामाग्री र पोशाक दिईनेछ।
    आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको बुहारी शिक्षा कार्यक्रम अन्तर्गत गाउँपालिकाले अहिले दश जना बुहारीहरुलाई निशुल्क पढाई रहेको छ।
    बुहारी शिक्षा कार्यक्रमले कक्षा–८ पास गरेका बुहारीहरुलाई कक्षा ९ मा भर्ना शुल्क, रजिष्ट्रेशन फारम शुल्क, स्टेशनरी लगायत व्यवस्थापन गरेर एसईई परीक्षासम्म सहयोग गर्नेछ। एसईई उतिर्ण गरेका बुहारीलाई कक्षा–११ र कक्षा–१२ अध्ययन तथा परीक्षामा सामेल हुनलाई सम्पूर्ण व्यवस्थापन गरिदिनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology