समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले पालिकाभरीका आठ माध्यमिक विद्यालयका बालबालिकाका निम्ति स्मार्ट टेलिभिजन वितरण गरेको छ।
सिधै ईन्टरनेट तथा डाउनलोड गरेर राखिएका शैक्षिक सामाग्री टिभीमा देखाउँदै बालबालिकालाई पढाउन विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई गाउँपालिकामा बोलाएर आईतबार टेलिभिजन वितरण गरिएको हो।
कुहुडाँडा मावि फेदी, सुक्रजित मावि खार्तम्छा, राष्ट्रिय मावि बासपानी, पृथ्वी मावि बाक्सिला, जालपा मावि बाक्सिला, थर्पुडाँडा मावि सप्तेश्वर, रेणुका मावि दिप्सुङ, सुर्य मावि सुङदेललाई स्मार्ट टिभी वितरण गरिएको शिक्षा संयोजक सुरेन्द्र खनालले जानकारी दिए।
आर्थिक वर्ष २०७९/२०८० मा खरीद गरिएको स्मार्ट टिभी वितरण गरिएको हो। स्मार्ट टिभी केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्की, शिक्षा शाखा प्रमुख खनालले प्रअ तथा शिक्षकलाई बितरण गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology