Samayojan khabar

Advertisment

SKIP THIS

सातजना बुहारीलाई उच्च शिक्षा पढाउँदै केपिलासगढी गाउँपालिका

सातजना बुहारीलाई उच्च शिक्षा पढाउँदै केपिलासगढी गाउँपालिका


समायोजन खबर
  • बुधबार, भाद्र ६ २०८०

  • समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले सातजना बुहारीलाई उच्च शिक्षा पढाउने गरी भर्ना गराएको छ।

    आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको बुहारी शिक्षा कार्यक्रम अन्तर्गत गाउँपालिकाको सात वडाका विभिन्न स्थानका सातजना बुहारीहरुको शैक्षिक सत्र २०८० मा भर्ना गरिएको हो।

    बुहारी शिक्षा कार्यक्रमले कक्षा–८ पास गरेका बुहारीहरुलाई कक्षा ९ मा भर्ना शुल्क, रजिष्ट्रेशन फारम शुल्क, स्टेशनरी लगायत व्यवस्थापन गरेर एसईई परीक्षासम्म सहयोग गर्नेछ। एसईई उतिर्ण गरेका बुहारीलाई कक्षा–११ र कक्षा–१२ अध्ययन तथा परीक्षामा सामेल हुनलाई सम्पूर्ण व्यवस्थापन गरिदिने गाउँपालिकाले जनाएकोे छ।
    जसका लागि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलामा ९ कक्षामा अध्ययन गर्नलाई बाक्सिलाकी निरा विश्वकर्मा र सर्मिला राईले भर्ना गरेकी छन्। पृथ्वी माविमै कक्षा–११ मा अध्ययन गर्न बाक्सिलाकी लक्ष्मी पौडेल, बासपानीका पुष्पा विश्वकर्मा र बासपानीकै शान्तिकला राईले भर्ना गरेकी छन्।

    राष्ट्रिय माध्यमिक विद्यालय बासपानीमा कक्षा–९ मा अध्ययन गर्नका लागि बासपानीका पुजा राई र सोही विद्यालयमा कक्षा–१० मा अध्ययन गर्नलाई सोही स्थानका दीपा खड्काले भर्ना गरेको गाउँपालिकाले विवरण उपलब्ध गराएको छ।

    गाउँपालिकाको सात वडामा विभिन्न स्थानबाट विवाह गरी आएका कक्षा–८ पास र एसईई उतिर्ण गरेका बुहारीहरुको पढ्ने इच्छालाई पूरा गराउन र उच्च शिक्षा हाँसिल गराउन बुहारी शिक्षा कार्यक्रम कार्यान्वयन गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए। पढ्ने इच्छा हुंदाहुदै पनि पढ्ने ईच्छा मरेर नजाओस भनेर अध्ययनमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्नेगरी बुहारीहरलाई पढाउने योजना बनाएका हौ। अध्यक्ष राईले भने।

    गाउँपालिकाले २२ कार्तिकमा सम्पूर्ण वडामा रहेका कक्षा ८ र एसईई उतिर्ण गरेर बसेका बुहारीहरुको तथ्याङक ३० दिनभित्र शिक्षा शाखा र महिला तथा बालबालिका शाखामा उपलब्ध गराउन पत्रसहित आवेदन फारम वडाहरुमा पठाएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology