• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढीमा तोरी फलाउने २२४ जना कृषकले पाए अनुदान

केपिलासगढीमा तोरी फलाउने २२४ जना कृषकले पाए अनुदान


समायोजन खबर
  • बिहिबार, साउन ११ २०८०

  • अनुदान रकम वितरण गर्नुहुँदै केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई लगायत ।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकामा तोरी फलाउने कृषकहरुले अनुदान पाएका छन्। किसानहरुले उत्पादन गरेको तोरीको प्रतिपाथी २५० रुपैयाँका दरले अनुदान रकम पाएका हुन्।

    आर्थिक वर्ष २०७९/२०८० को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत तोरी खेती प्रोत्साहन अनुदान कार्यक्रम अनुसार आईतबार केपिलासागढी गाउँपालिका–१ फेदीबाट सुरु गरिएको अनुदान वितरण कार्यक्रम बुधबार सुङदेलमा आएर समापन भएको छ।

    गाउँपालिका कृषि शाखा संयोजक साइमन गुरुङका अनुसार फेदीका २७ जना कृषकले एक लाख ३२ हजार २५० रुपैयाँ, खार्तम्छाका २८ जना कृषकले एक लाख ३९ हजार ७५० रुपैयाँ र बासपानीका ४६ जना कृषकले एक लाख ६५ हजार अनुदान रकम पाएका छन्।
    बाक्सिलाका ७२ जना कृषकले दुई लाख ४० हजार ७५० रुपैयाँ, सप्तेश्वरका २४ जना कृषकले ५७ हजार ७५० रुपैयाँ, दिप्सुङका १३ जना कृषकले ७२ हजार ७५० रुपैयाँ र सुङदेलका १४ जना कृषकले ९१ हजार २५० रुपैयाँ अनुदान पाएका हुन्। कृषि प्राविधिक र वडाका जनप्रतिनिधि घरघर पुगेर उत्पादित तोरीको मापन(तौलिएर) पाथी छुट्याएपछि उत्पादन वापतको अनुदान रकम वाँडिएको गाउँपालिका उपाध्यक्ष गुरुराज राईले बताए।

    गाउँपालिकालाई तेलमा आत्मनिर्भर बनाउन तथा तोरी उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने लक्ष्यले अनुदान रकम वितरण गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए। अध्यक्ष राईका अनुसार तोरी प्रशोधन गरी तेल पेल्नलाई गाउँपालिकाले तीनवटा मिल ल्याईसकेको छ। मिल सामूहिक रुपमा वितरण गरिनेछ। आगामी वर्ष शत प्रतिशत तोरी उत्पादन हुने अपेक्षा गरिएको अध्यक्ष राईको भनाई छ।

    अनुदान रकम केपिलासगढी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा सम्बन्धित वडा वडाध्यक्ष लगायतले वितरण गरेका हुन्। आफूले मेहेनत गरेर उत्पादन गरेको तोरीको मुल्याङ्कन गरी गाउँपालिका अनुदान दिंदा कृषकहरु खुशी भएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology