समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले ‘बुहारी शिक्षा’ कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ।
१३ औं गाउँसभामा आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष समिर राईले लागू भईसकेको बुहारी शिक्षा कार्यक्रमलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति अवलम्बन गरिएको बताउनुभयो।
कस्तो हो बुहारी शिक्षा कार्यक्रम ?
आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको बुहारी शिक्षा कार्यक्रममा गाउँपालिका भरीको सात वडामा विभिन्न स्थानबाट विवाह गरी आएका कक्षा ८ पास र माध्यमिक शिक्षा परीक्षा एसईई उतिर्ण गरेका बुहारीहरुको पढ्ने इच्छालाई पूरा गराउने तथा उच्च शिक्षा हाँसिल गराउने कार्यक्रम हो।
बुहारी शिक्षा कार्यक्रमले कक्षा ८ पास गरेका बुहारीहरुलाई कक्षा ९ मा भर्ना शुल्क, रजिष्ट्रेशन फारम शुल्क, स्टेशनरी लगायत व्यवस्थापन गरेर एसईई परीक्षासम्म सहयोग गरिदिनेछ । एसईई उतिर्ण गरेका बुहारीलाई कक्षा ११ र कक्षा १२ अध्ययन तथा परीक्षामा सामेल हुनलाई सम्पूर्ण व्यवस्थापन गरिदिनेछ।
आर्थिक, पारिवारीक समस्याका कारण पढ्न नसकेका बुहारीहरुका लागि अघि बढाईएको कार्यक्रममा बुहारीहरु नियमित कक्षामा जान त सक्नुहुन्न शिक्षा शाखा संयोजक सुरेन्द्र खनालले भने, त्यसका लागि गाउँपालिकाले ट्युसन पढाउने शिक्षकको व्यवस्थापन गरेर परीक्षामा सामेल गराईनेछ।
चालू आर्थिक वर्षमा सूचना आव्हान गरेर बुहारी शिक्षा कार्यक्रममा सहभागी हुन आग्रह गरेर बुहारीहरुको डाटा संकलन भईरहेको छ। उच्च शिक्षा हाँसिल गर्न हालसम्म ६ जना बुहारीहरु गाउँपालिकाको सम्पर्कमा आएका छन्। ति बुहारीहरुलाई थप अध्ययन गराउँदा लाग्ने सम्पूर्ण खर्च साउनबाट शिक्षा शाखाले व्यर्हाेनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology