समायोजन खबर खोटाङ, बलात्कार आरोपमा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी २० वर्षीया युवतीलाई गोठाला जाँदा जबर्जस्ती बलात्कार गरी फरार रहेका सोही ठाउँका २९ वर्षीय प्रतापजंग राईलाई प्रहरीले पक्राउ गरेको हो।
१८ बैशाखको बिहान अन्दाजी ११ बजे बाख्रा चराउन गएकी युवतीलाई अन्दाजी अपरान्ह १ वजे निर्मलीडाँडाको जोरअंगेरी जंगलमा पात्ले झार्न जाने बहानामा ओडारमा लगेर जबर्जस्ती बलात्कार गरेर फरार रहेका राईलाई लुकीछिपी रहेको अवस्थामा केपिलासगढी गाउँपालिका–१ फेदीबाट बिहीबार पक्राउ गरिएको हो।
पक्राउ परेका अभियुक्त विरुद्ध जिल्ला अदालतबाट शुक्रबार सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर अनुसन्धान थालिएको डिएसपी मञ्जिल मुकारुङले बताए। बलात्कार गरी फरार अभियुक्त विरुद्ध १९ बैशाखमा युवतीको परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको थियो।
जबर्जस्तीपछि मार्ने नियतले घाँटी थिची ज्यान मार्ने प्रयत्न समेत गरी मरानासन्न अवस्थामा पु¥याएको युवतीलाई बलात्कार भएको दिननै उपचारमा जिल्ला अस्पताल लगिएको थियो। तर, जिल्ला अस्पतालले धरान रिफर गरेको थियो। उपचारपछि युवती डिस्चार्ज भईसकेको आफन्तले बताएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology