• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जबर्जस्ती करणी गरी फरार अभियुक्त विरुद्ध किटानी जाहेरी दर्ता

जबर्जस्ती करणी गरी फरार अभियुक्त विरुद्ध किटानी जाहेरी दर्ता


समायोजन खबर
  • बुधबार, बैशाख २० २०८०

  • फाईल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा युवतीलाई जबर्जस्ती करणी गरेर फरार रहेका अभियुक्त विरुद्ध किटानी जाहेरी दर्ता भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरी फरार रहेका सोही ठाउँका २९ वर्र्षीय प्रतापजंग राई विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मंगलबार किटानी जाहेरी दर्ता भएको हो।

    अभियुक्त राईले सोमबार बिहान अन्दाजी ११ बजे बाख्रा चराउन गएकी युवतीलाई अन्दाजी दिउँसो १ वजे निर्मलीडाँडाको जोरअंगेरी जंगलमा पात्ले झार्न जाने बहानामा ओडारमा लगेर जबर्जस्ती करणी गरेको किटानी जाहेरीमा उल्लेख छ।

    युवती बाख्रा चराई रहेको अवस्थामा निज अभियुक्त राई पनि बाख्रा लिएर ठाउँमा पुगेका थिए। राईले युवतीलाई भेटेपछि पर पात्ले झार्न जाउँ बाख्रालाई घाँस हुन्छ भनेछ। बाख्राले पात्ले खादैनन् म जान्न तपाई जानु भनेपछि मेरो मात्रै बाख्राले खाएपनी म झार्छु तिमी बटुली देउन भनी पात्लेको फेदमा लगेछन्। पात्लेको फेदमा पुगेपछि निज राईले छोरीलाई ज्याकेटमा तानेछ, छोरी कसोकसो गरी फुत्किन खोज्दा केशमा पक्री फुत्किन नदिई नजिकै रहेको ओडारमा तान्दै लगेछन्। युवतीका बुबाले दर्ता गरेको किटानी जाहेरीमा भनिएको छ।

    छोरी फुत्किन बल गर्दा लडाई एक हातले घाँटी थिची अर्को हातले मुख थुनी खुट्टाले खुट्टा थिची चल्न चटपटाउन नदिई राखेको अवस्थामा रोइकराई प्रतिकार गर्दा पनि पटक पटक अशक्त र घाईते बनाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। जर्बजस्ती गरेका राईले मार्ने उद्देश्यले दुबै हातले घाँटी थिची रहेको अवस्थामा युवती चिच्याएपछि छिमेकी पुग्दा अभियुक्त फरार भएका थिए।

    जबर्जस्ती करणीपछि मार्ने नियतले घाँटी थिची ज्यान मार्ने प्रयत्न समेत गरी मरानासन्न अवस्थामा पु¥याएको युवतीलाई सोही दिन उपचारमा जिल्ला अस्पताल ल्याएपछि काठमाण्डौ रिफर गरिएको थियो । युवतीको स्वास्थ्य अवस्था जटिल रहेको जनाईएको छ। यस विषयमा अनुसन्धान भईरहेको डिएसपी मञ्जिल मुकारुङले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology