समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ।
प्रतियोगितामा सहभागी २५ जना खेलाडीहरुलाई गाउँपालिकामा ५ बैशाखमा कार्यक्रम गरी जनही पाँच हजार र सम्मान पत्र प्रदान गरेको हो। जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १६ स्वर्ण, १० रजत १३ काश्य ल्याउँदै केपिलासगढी गाउँपालिका प्रथम भएको थियो।
खेलाडीहरुको प्रोत्साहनका लागि नगद पुरस्कार दिईएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो। २८ चैतदेखि १ बैशाखसम्म १३ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय छनौट प्रतियोगिता दिक्तेलमा भएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology