समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले पालिकाभित्र दर्ता भएका कृषक समूहहरुलाई १५ दिनभित्र कार्ययोजना सहित उपस्थित हुन आग्रह गरेको छ।
गाउँपालिका अध्यक्ष समिर राईको अध्यक्षतामा बुधबार बसेको बैठकले गाउँपालिकाभित्र दर्ता भएका ४६ वटा कृषक समूहका प्रतिनिधिसँग छलफल गरेर आ–आफ्नो कार्ययोजना सहित उपस्थित हुन आग्रह गरेको हो।
गाउँपालिकाभित्र कृषि उत्पादनलाई बृद्धि गर्न र आधुनिक कृषिकरणलाई जोड दिनका लागि आ–आफ्नो कार्ययोजना पेस गर्न भनिएको गाउँपालिका अध्यक्ष राईले बताए। यसले गर्दा कहाँ, कुन ठाउँमा कस्तो कृषिकर्म गर्न सकिन्छ । केके समस्या समाधान गर्नुपर्छ भन्ने कुरा बुझ्न र काममा अघि बढ्न सकिन्छ, कृषिलाई उकास्न सकिन्छ।
कृषकहरुको गुनासो र समाधानका उपायहरु खोजी गर्दैै र कृषि क्षेत्रलाई प्राथमिकता दिई कृषि उत्पादनमा आत्मनिर्भर गाउँपालिका बनाउने अभियानमा गाउँपालिका लागेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology