समायोजन खबर खोटाङ,स्वास्थ्य कार्यालय खोटाङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाको तयारीमा जुटेको छ। जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामा १५ महिनाभित्रका बालबालिकालाई दिईने १३ किसिमका सबै खोप लगाएर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणाको तयारीमा जुटेको हो।
त्यसका लागि सुरुवातमा नगरपालिका तथा गाउँपालिकाले पूर्ण खोप निर्देशिका २०७७ अनुसार प्रक्रिया पुरा गरेपछि स्वास्थ्य कार्यालयले स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा गर्नलाई अनुमति दिनेछ।
हालसम्म साकेला गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेंशी गाउँपालिका र वराहपोखरी गाउँपालिकाले पूर्ण खोप निर्देशिका २०७७ अनुसार सबै प्रक्रिया पुरा गरेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा गर्न अनुमति दिईएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताए।
स्थानीय तहले पूर्ण खोप निर्देशिका २०७७ अनुसार प्रक्रिया पुरा गरे भने पनि स्वास्थ्य कार्यालयको टोली स्वयंम् त्यहाँ पुगेर लक्षित बालबालिकाले सबै खोप पाए/नपाएको भेरिफिकेसन गरेर घोषणा सभा अनुमति गर्न दिईदै आएको छ।
अन्य ६ वटा स्थानीय तहले तदारुकताका साथमा पूर्ण खोप निर्देशिका २०७७ को प्रक्रिया पुरा गर्नमा खटिरहेका छन्। उनीहरुले पनि खोपको सबै प्रक्रिया पुरा गरेपछि पुनः भेरिफिकेसन गरेर घोषणा सभाका लागि अनुमति दिईने र त्यसपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिनेछ। सामान्यतः बैशाखसम्म पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिसक्नुपर्ने हुन्छ। बाँकी रहेको जेष्ठ र असारमा यदि कोही बालबालिका छुटेमा उनीहरुलाई खोप लगाउने समय रहने फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए।
हालसम्म चारवटा स्थानीय तहले पूर्ण खोप निर्देशिका २०७७ पूरा गरेको, त्यहाँ स्वास्थ्य कार्यालयको टोली आफै गई भेरिफिकेसन गरेको र अन्य छ वटा स्थानीय तहले पूर्ण खोप निर्देशिका २०७७ पूरा गर्नमा लागि परिरहे पनि कही कतै पूर्ण खोप लिनबाट बालबालिका छुट्ने भएकाले पूर्ण खोपको मात्रा दिनलाई प्रचारप्रसारमा व्यापक जोड दिनुपर्ने पूर्ण खोप समन्वय समिति संयोजक एवंम् जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले बताए।
यो पनि पढ्नुहोस,खोटाङमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाईने
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology