• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाईने

खोटाङमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाईने


समायोजन खबर
  • बिहिबार, चैत्र १६ २०७९

  • पूर्ण खोप समन्वय समितिको बैठकमा सहभागीहरु।

    समायोजन खबर खोटाङ, पछिल्लो समय नेपालमा कोराना भाइरसको संक्रमण बढेसँगै खोटाङमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ।

    कोभिड–१९ खोप समन्वय समितिको बिहीबार जिल्ला समन्वय समितिमा बसेको बैठकले कोभिड विरुद्धको कुनै पनि दुबै खोपको मात्रा लगाई ६ महिना कटेकाहरुलाई फाइजर वायोन्टिक वायोभ्यालेण्ट नामक खोप बुस्टरका रुपमा दिने निर्णय गरेको हो।

    जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकाको प्रत्येक स्वास्थ्य संस्थावाट २४ चैतबाट १९ बैशाखसम्म ६ हजार जनालाई बुस्टर डोज खोप लगाईने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए। जसका लागि प्रचारप्रसारलाई तिव्र बनाईनेछ।

    यो बुस्टर डोज खोप ५५ वर्षमाथिका सबै नागरिक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका, १२ वर्षमाथिका दिर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई लगाइने सिग्देलले जानकारी दिए।
    खोप अभियानमा पालिकाहरुलाई भ्याक्सिन अपुग भएमा स्वास्थ्य कार्यालयले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरबाट थप भ्याक्सिन व्यवस्थापन गरी सो पालिकाहरुमा कोभिड विरुद्धको खोप कार्यक्रम सञ्चलान गराउने वैठकले निर्णय गरेको छ।
    कोरोना परिक्षण गरिने
    बैठकले कोरोना बढेसँगै परीक्षण गर्ने निर्णय गरेको छ । दश पालिकाको स्वास्थ्य केन्द्र र अस्पतालहरुबाट एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ देखिएमा होम आइसोलेसनमा राख्न व्यवस्था मिलाउने निर्णय गरेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाँईले बताए। बैठकले कोभिड–१९ बाट सुरक्षित हुनका लागि अनिवार्य मास्क लगाउने, प्रचारप्रसारमा जोड दिने भौतिक दुरी कायम गराउने निर्णय पनि गरेको छ।

    कोरोना संक्रमणबाट सरक्षित हुन डराएर, भागेर नभई सुरक्षित र सर्तकता अपनाउनु नै मुख्य पक्ष भएको कोभिड–१९ खोप समन्वय समिति एवंम् प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईको भनाई छ।
    कोभिडबाट सुरक्षित हुनलाई जिल्लाभित्र अधिकतम सचेतना जगाउने, प्रचारप्रसारमा जोड दिने, मास्क सधै लगाउने बानीको विकास गर्नुपर्ने र निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology