समायोजन खबर, हाम्रो भान्सामा प्रयोग हुने धेरै खाद्य पदार्थ हाम्रो स्वास्थ्यका लागि फाइदाजनक रहेका छन्। हामीले प्रयोग गर्ने मसाला र तरकारीहरू स्वास्थ्यका लागि फाइदाजनक रहेका छन्। हरियो धनियाँ स्वाद र सुगन्धका लागि भान्सामा प्रयोग गरिन्छ जसले तरकारीलाई स्वादिलो र बास्नादार बनाउँछ। हरियो धनियाँलाई दाल, विभिन्न प्रकारका तरकारी र अचारमा मिसाएर खान मानिसहरू निकै रुचाउँछन्। अझै भन्नुपर्दा धनियाँको स्वाद मन नपराउने मान्छे विरलै होलान्।
यो जति बास्नादार छ यसका फाइदा पनि त्यत्तिकै छन्। हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरूलाई निकै फाइदा हुन्छ । त्यसका लागि चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ। यस्तै, शारीरिकरूपमा कमजोर हुनुभएको छ भने धनियाँको जुस पिउँदा यसले फाइदा गर्छ। त्यसैगरी आँखाका समस्या भएकाहरूलाई पनि हरियो धनियाँको प्रयोग गर्दा फाइदा पुग्छ ]।
हरियो धनियाँको प्रयोगले पाचन प्रक्रियामा समेत प्रभाव पार्छ । पेटमा रहेका किटाणुलाई पनि धनियाँले मार्छ। सबैभन्दा महत्वपूर्ण कुरा हरियो धनियाँ खाँदा रगत शुद्ध हुन्छ वा यसले शरीरमा रगतलाई शुद्धीकरण गर्न सहयोग गर्छ।
यस्तै, धनियाँको पातले युरिक एसिड नियन्त्रण गर्ने बताइन्छ । धनियाँको पातमा एन्टी अक्सिडेन्ट प्रशस्तमात्रामा पाइन्छ । यसका साथै यसमा एन्टी इन्फ्लेमेटरी गुण पनि पाइन्छ जुन खुट्टा सुन्निने समस्यालाई कम गर्न प्रभावकारी हुन्छ । युरिक एसिडका बिरामीले धनियाँको पातको सेवन गरेमा मिर्गौलाको पत्थरी पनि पिसाबको माध्यमबाट शरीरबाट बाहिर निस्किँदा फाइदा हुन्छ। धनियाँले एनिमियाबाट समेत छुट्कारा दिन मद्दत गर्छ । एन्टी अक्सिडेन्ट, भिटामिन ‘ए’, ‘सी’ र केही मिनरलका कारण धनियाँले क्यान्सरबाट समेत बचाउन मद्दत पुर्याउने गर्दछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology