• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाक्सिलाको दसकतेमा पनि पुग्यो केन्द्रीय विजुली

बाक्सिलाको दसकतेमा पनि पुग्यो केन्द्रीय विजुली


समायोजन खबर
  • शनिबार, फाल्गुन २० २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको दसकतेमा केन्द्रीय प्रसारण लाइनको विधुत पुगेको छ। शनिबार २५ केभिएको ट्रान्सफर्मर चार्ज गरेर बत्ती बालिएको छ।

    ट्रान्सफर्मरमा बत्ती बाल्ने समयमा विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ईन्जिनियर विजयराज रेग्मी, केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्की उपस्थित थिए।

    बत्ती बालिएको त्यस ट्रान्सफर्मरबाट दसकते आसपासका १०० घरधुरी लाभान्वित हुनेछन्। हाललाई ट्रान्सफर्मरमा बत्ती बालेर २/३ वटा ग्राहकको घरमा मिटरबक्स जडान गरिएको प्राधिकरण प्रमुख रेग्मीले बताए।

    बत्ती बाल्नका लागि चाहिने मिटरबक्स ल्याउनका लागि निवेदनको नमुना गाउँपालिकालाई ईमेल गरेर पठाईदिन्छौ। गाउँपालिकाले प्रिन्ट गरेर सम्बन्धित मिटरबक्स ल्याउने व्यक्तिलाई दिनुहुन्छ। रेग्मीले भने, ‘सबैको विवरण भरेर आवश्यक कागजात लिएर एकजना दिक्तेल आएर मिटरबक्स लानुहुन्छ र, बत्ती बाल्नुहुन्छ।’

    स्थानीय लघु जलविधुतसँग महंगीमा मिटरबक्स किनेर लघु जलविधुत नै बालिरहेका दसकतेमा गत बैशाखदेखि लघु जलविधुत बन्द थियो।
    लघु जलविधुत बन्द भएपछि अन्धकारमा बसेका स्थानीयहरु केन्द्रीय लाइन बलेपछि खुशी भएका छन्। उनीहरुले प्राधिकरण प्रमुख, गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायतलाई अविर जात्रा गरेर खुशी मनाएका छन्।

    उज्यालो गाउँपालिका बनाउने अभियान अन्तर्गत विद्युत बाल्न बाँकी वस्तिहरुको आजै प्राधिकरण प्रमुखसँग स्थलगत अनुगमन गरिएको गाउँपालिका अध्यक्ष राईले बताए। चाडैै बाक्सिलाका बाँकी घर–घर विद्युत पु¥याउँछौ। अहिले तपाईंहरुले भोगिरहेको बत्ती नहुदाको पिडालाई जतिसक्दो चाडो समधान गर्ने प्रतिबद्धता ब्यक्त गर्छु। अध्यक्ष राईले भने।

    गाउँपालिकाको सुङदेल र फेदीबाहेक अन्य ५ वडामा विधुतीकरणको काम भईसकेको र बाँकी भूभागको विधुतीकरणको काम भईरहेको छ। सुङदेल र फेदीमा सर्भे भई विधुतीकरणको काम अघि बढेको छ।
    यो पनि, बाक्सिलाको माक्पालीडाँडामा विधुत पुग्दा अविर जात्रा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology