समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित माक्पालीडाँडामा विधुत पुगेको छ। केन्द्रीय प्रसारण लाईन विस्तार गरेर त्यहाँ विधुत पु¥याईएको हो। पु¥याईएको विधुतबाट मंगलबार ५० केभिएको ट्रान्सफर्मर चार्ज गरेर बत्ती बालिएको छ।
ट्रान्सफर्मरमा बत्ती बाल्ने समयमा विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मी, केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, बाक्सिलाका वडाध्यक्ष खड्ग बहादुर तामाङ र फेदीका वडाध्यक्ष निरकुमार राई पुगेका थिए।
बत्ती बालिएको त्यस ट्रान्सफर्मरबाट माक्पालीडाँडा सहित आसपासका ७० घरधुरी लाभान्वित हुनेछन्।
हाललाई ट्रान्सफर्मरमा बत्ती बालेर छोडिएको र मिटरबक्स जडान गरेपछि ग्राहकहरुले बत्ती बाल्न पाउने प्राधिकरण प्रमुख रेग्मीले बताए। मिटरबक्स ल्याउनका लागि निवेदनको नमुना गाउँपालिकालाई ईमेल गरेर पठाईदिन्छौ, गाउँपालिकाले प्रिन्ट गरेर सम्बन्धित मिटरबक्स ल्याउनेलाई दिनुहुन्छ । रेग्मीले भने, ‘सबैको विवरण भरेर एकजना दिक्तेल आएर मिटरबक्स ल्याउनुहुन्छ र, बत्ती बाल्नुहुन्छ।’
ट्रान्सफर्मर जडान गरेर केन्द्रीय बत्ती बलेपछि रावाखोला लघु जलविधुतबाट आजित माक्पालीडाँडाका स्थानीयहरु हर्षित भएका छन्। गाउँमा केन्द्रीय प्रसारण लाइनको बत्ती ल्याईदिएको भन्दै प्राधिकरणका कर्मचारी र गाउँपालिकाका जनप्रतिनिधिलाई स्थानीयले अविरजात्रा गरेका थिए।
हिउँद लागेसँगै मुहानमा पानी कम हुँदा र लघु जलविधुतको पावर हाउससम्म जाने कुलो जिर्ण भई पानी सोसिएर जाँदा लघु जलविधुतबाट हप्तादिन यता पानी अभावले विधुत आपूर्ति बन्द भएको स्थानीय शेर बहादुर घलेले बताए।
हप्तादिन लघु जलविधुत नआउँदा मोवाइल चार्ज गर्न, बत्ती बाल्न, कुटानीपिसानी मिल चलाउन, फर्निचरका काम गर्न समस्या भईरहेको स्थानीय चन्द्रकला राईले बताईन्। उनका अनुसार बत्ती नहुँदा बालबच्चालाई लेखपढ गराउन सबैभन्दा समस्या भईरहेको छ।
सुङदेल र फेदीबाहेक अन्य ५ वडामा विधुतीकरणको काम भईसकेको र बाँकी भूभागको विधुतीकरणको काम पनि चाँडै गरिने गाउँपालिका अध्यक्ष समिर राईले बताए। सुङदेल र फेदीमा सर्भे भई विधुतीकरणको काम अघि बढेको अध्यक्ष राईको भनाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology