• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढीबाट पूर्वी तराई जोड्ने छोटो दुरीको सडक उद्घाटन

केपिलासगढीबाट पूर्वी तराई जोड्ने छोटो दुरीको सडक उद्घाटन


समायोजन खबर
  • सोमबार, फाल्गुन १५ २०७९

  • रिवन काटेर सडक उद्घाटन गर्नुहुंदै केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, साथमा उपाध्यक्ष गुरुराज राई।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीबाट पूर्वी तराई जोड्ने छोटो दुरीको ‘फेदी–धोध्रे–भोजपुर सडक’को उद्घाटन गरिएको छ। सडकको सम्पूर्ण काम सकेर सोमबार औपचारिक रुपमा उद्घाटन गरिएको हो।

    फेदी–धोध्रे हुँदै भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा जोड्ने छोटो दुरीको सडकको सोमबार केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

    तत्कालिन गाउँपालिका अध्यक्ष कृष्णकुमार राईको कार्यकालमा फेदीबाट लामो चउरसम्म र भोजपुरतर्फबाट धोध्रेको भालु खोलासम्म खनेर छोडिएको सडकलाई वर्तमान नेतृत्वले साँढे दश लाख बजेट खर्चेर १५०० मिटर खनेपछि सडक सञ्जालले पूर्णता पाएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताए।

    सडक उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो। फेदीबाट भोजपुरसम्म सडक सञ्जाल सुरु भएपछि केपिलासगढी गाउँपालिका बासिन्दाहरु पूर्वी तराई झर्न दिक्तेल–हलेसी सडकभन्दा यो सडक धेरै छोटो हुने गाउँपालिका अध्यक्ष समिर राईले बताए। यस सडक प्रयोग गरेर भोजपुर मात्रै झण्डै दुई घण्टामा पुग्न सकिन्छ।

    सडक उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा फेदीको वडाध्यक्षका अलावा खार्ताम्छाका वडाध्यक्ष मिलन कुमार राई, सप्तेश्वरका वडाध्यक्ष हिमालभक्त राई र बासपानीका वडाध्यक्ष तुलाराम राई, वडा सदस्यहरु र स्थानीयको उपस्थिती थियो। छोटो दुरीको सडक सञ्चालन भएसँगै स्थानीयहरु हर्षित भएका छन्। यस सडकले अन्तरजिल्ला व्यापार, व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology